८ वैशाख २०८१ शनिबार
खेल

ब्याटमिन्टमा नेपालको विजयी सुरुवात

पोखरा– १३ औ दक्षिण एासियाली खेलकूद(साग) ब्याटमिन्टनतर्फ नेपालले विजयी सुरुवात गरेको छ।

पोखरामा आजबाट सुरु भएको व्याटमिन्टमतर्फको टिम इभेन्टस् प्रतिस्पर्धामा नेपाली महिला तथा पुरुषले विजयी सुरुवात गरेका हुन्। 

पुरुषतर्फ दिपेश धामीले भूटानका जोर्दे नाइपलाई २१–१३ २१–१४ को सोझो सेटमा पराजित गरे। त्यस्तै नेपालका प्रिन्स दाहालले भूटानका ब्रधुल नोर्बुलाई २१–१२ र २१–५ को सोझो सेटमा पराजित गरे। 

यता महिला तर्फपनि नेपाल विजयी भएको छ। व्याटमिन्टन कै टिम इभेन्टस् प्रतिस्पर्धामा नेपालकी नक्साल तामाङले बंगलादेशकी साप्ला अक्तरलाई २–१ अन्तरले पराजित गरिन्।

उनले पहिलो सेट २१–१९ मा जितेकी थिइन। दोस्रो सेटमा भने तामाङ १५–२१ ले पराजित भइन्। अन्तिम सेटमा उनी २१–१७ ले विजय भइन्।  

अर्को खेलमा रसिला महर्जनले बंगलादेशकै एरिना सुल्तानालाई २८–२६, २१–१९ अंकले पराजित गरिन्।

प्रकाशित: १५ मंसिर २०७६ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App