coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निगमको विमान खरिदमा तीन विदेशी कम्पनीको चासो

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले आफ्नो पुरानो विमानबोइङ ७५७–२०० जहाज बिक्रीगर्न आह्वान गरेको बोलपत्रमा तीन कम्पनीले चासो देखाएका छन् । 

निगमले हाल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्रीगर्न आर्कषक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको थियो । नोभेम्बर २७अन्तिम म्याद भएको बोलपत्रमा तीन विदेशी कम्पनीले चासो देखाएको निगम स्रोतले जानकारी दिएको छ ।

निगमकाअनुसार विमान खरिदकालागि एभियोन एभिएसन, एमके एभिएसन र एसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले बोइङ किन्नचासो देखाएका हुन् । निगमका प्रवक्ता गणेशबहादुर चन्दले प्रस्ताव आएका तीन वटै कम्पनीमध्ये जसले धेरै मूल्य दिन्छ उसैलाई बेचिने बताए । 

‘प्रस्ताव आएका कम्पनीमध्ये नेगोसिएसनको माध्यमबाट जहाज बिक्री हुन्छ,’ उनले नागरिकसँग भने, ‘जुनकम्पनीले निगमले तोकेको मूल्यतिर्न तयार हुन्छ त्यसलाई जहाज बिक्री गरिनेछ ।’

हाल प्रस्तावआएका तीनवटै अमेरिकी कम्पनी हुन् । तीमध्ये एउटाले पहिले पनि जहाज किन्न चासो देखाएको थियो । बाँकी दुई कम्पनीभने नयाँ रहेको उनले बताए ।

‘पहिले जारी गरेको बोलपत्र आह्वानमा इजरायलीसहित तीन विदेशी कम्पनीले चासो देखाएका थिए । दोस्रोपटकको आह्वानमापनि सोही कम्पनीरअर्काे एक बेनामे कम्पनीले आवेदन दिएको थियो । तर कुनैपनि निगमले चाहेकोे मूल्यतिर्न तयार भएन । त्यसपछि मूल्य घटाएर तेस्रो टेन्डर खोलिएको हो,’ उनले भने । 

दुईपटक बोलपत्र आह्वान गर्दापनि प्रक्रिया पूर्ण नभएपछि निगमआपसी सहमतिमा वार्तामार्फत लिलाम गर्ने प्रक्रिया मागएको र कार्यविधिमार्फत प्रक्रियामाजाँदा केही समय अझै लाग्ने भएकाले सम्झौता कहिले हुन्छ अहिले नै भन्न नसकिने उनको भनाइछ ।

गतअसार ११ गते ४५ दिनको पहिलो बोलपत्र आह्वान गरेको निगमले त्यसमा बोलपत्र पेस गर्ने तीनवटै कम्पनी चाहेको मूल्यतिर्न तयार नभएपछि दोस्रोपटक भदौको पहिलो साता १५ दिनको समय सीमा राखेर पुनःबोलपत्रआह्वान गरेको थियो।

उक्त आह्वानबाट पनि निगमले चाहेअनुरुपको सफलता पाउननसकेपछि कात्तिक २६ गते आकर्षक छुटसहित तेस्रोपटक बोलपत्रआह्वान गरेको थियो ।

निगमले यसपटकका लागिजहाजको न्यूनतममूल्य ४८ करोड ७२ लाख रुपैयाँ(४२ लाख ५० हजार अमेरिकी डलर) तोकेको छ । प्रत्यक्ष सम्झौताबाट छिनोफानो हुने यो लिलामीमा बढी मूल्यतिर्न तयार कम्पनीलाई विमान बिक्री गर्ने निगमले जनाएकोे छ । 

सुरूमा निगमले जहाजको न्यूनतम मूल्यांकन७६ लाख७६ हजार अमेरिकी डलर हुने बताएको थियो। सोहीअनुसार पहिलो र दोस्रो टेन्डर पनि सार्वजनिक गरिएको थियो । यसपटक सुरू मूल्यको ४४ प्रतिशत न्यूनतम मूल्य घटेको छ।

हालजारी सूचनामा २७ नोभेम्बरसम्मकोे समयसीमातोकेर निगमले पाँचहजार अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ बैंकमाजम्मा गरेर इच्छुक कम्पनीले बिक्री प्रक्रियामा सहभागी हुनसक्ने जनाएको छ । 

निगमले १० महिनादेखि ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान मर्मत सम्भारका लागि धेरै रकमखर्च गर्नुपरेको कारण देखाउँदै बोइङ–७५७ बेच्ने प्रक्रिया मागएको हो । दुईपटक बोलपत्र आह्वान गर्दापनि प्रक्रिया पूर्ण नभएपछि निगम वार्तामार्फत लिलाम प्रक्रिया मागएको निगम स्रोतको भनाइ छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सन् २०२० को फेब्रुअरीसम्म मात्रै उक्त विमान उड्न सक्ने भएको बताउँदै छिटो बिक्री गर्नुपर्ने दबाब निगमलाई रहेको तर्क गरिरहेका छन् । 

हालसम्म ८९ हजार घन्टा उडान भरिसकेको १९० सिट क्षमताको उक्त विमानमा दुईवटा रोल्सरोयस इन्जिन छन् ।  सन् १९८० मा अमेरिकन बोइङ कम्पनीसँग उक्त विमान खरिद गरिएको थियो ।

प्रकाशित: १५ मंसिर २०७६ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App