७ वैशाख २०८१ शुक्रबार
समाज

जिप दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

बनेपा– अरनिको राजमार्ग भैँसेपाटीमा टाटा सुमो जिप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने चालकसहित नौ घाइते छन् ।
दमकबाट सिन्धुली हुँदै काठमाडौं गइरहेको मे.१ज २१९१ नम्बरको जिपलाई काठमाडौंबाट बनेपातर्फ आइरहेको बा.४ख ३५५६ नम्बरको टिपरले आइतबार ठक्कर दिँदा जिप सडकबाट खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुकदेव खनालले जानकारी दिए ।
मृत्यु हुनेमा जिपमा सवार मोरङ, मधुमल्लाका मदन श्रेष्ठ र झापा, गौरादहका निलमबहादुर कार्की रहेको प्रहरीको भनाइ छ । यस्तै, घाइते हुनेमा मोरङ घर भएका जिपचालक प्रदीप बागदास, यात्रुहरु मोरङकै ओमकुमार शाह, विकास राई, उमेशकुमार शाह छन् । त्यस्तै, झापाका खरदार कुमाल, अनिता राई, गणेश विक, रुद्र भट्टराई  र  सुनसरीकी प्रिन्सेस लिम्बु घाइते छन् । घाइतेहरु शिर मेमोरियल अस्पताल बनेपामा उपचारपछि घर फर्किएका छन् ।
जिपमा सवार अधिकांश वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीको सम्पर्कमा जान आएका प्रहरीको भनाइ छ । प्रहरीले टिपरसहित टिपरचालक काभ्रे भीमखोरी–८ का ३९ वर्षीय डोबबहादुर मंग्रातीलाई नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित: २७ मंसिर २०७३ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App