७ वैशाख २०८१ शुक्रबार
राजनीति

अछामको मेल्लेखमा नेकपाका रमेश खड्का विजयी

अछाम - मेल्लेख गाँउपालिका वडा नम्वर ५ बिन्देवासिनीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन्। उनले नेपाली कांग्रेसका वीरबहादुर बोहरालाई २१५ मतले पछि पार्दै  विजयी भएका हुन्। कुल खसेको १ हजार ३५६ मतमध्ये खड्काले ७७८ मत प्राप्त गरेका छन भने बोहराले ५६३ मत प्राप्त गरेका छन्। १६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले जानकारी दिए। कुल १९ हजार ४ मतदाता रहेको विन्देवासिनिमा ७१।२१ प्रतिशत मतदान भएको हो।

नेकपा र कांग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडप समेत भएपछि राति अबेर मात्र मतगणना सुरु भएको थियो। झडपमा परेर नेकपाका गम्भीर साउद घाइते भएका छन्। उनको बयाल्पाटा अस्पतालमा उपचार भइरहेको छ। कांग्रेसका डम्बर स्वारको टाउकोमा धारिलो हतियार प्रहार भएको छ। स्वारको पनि वयालपाटा अस्पतालमा उपचार भैरहेको छ। झडपको क्रममा ५ जना प्रहरी समेत घाइते भएको अछाम प्रहरी प्रमुख जनकवहादुर शाहिले बताए। अवस्था सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको उनले जानकारी दिए।

प्रकाशित: १५ मंसिर २०७६ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App