८ वैशाख २०८१ शनिबार
राजनीति

यसअघि नेकपाले जितेकोमा कांग्रेस र कांग्रेसकोमा नेकपा उम्मेद्वार विजयी

पाँचथर–  नेपाली काग्रेसलाई फिदिम–१ मा र नेकपालाई हिलिहाङ ७को उपनिर्वाचन मत परिणामले झट्का लागेको छ। फिदिम वार्ड न. १ मा नेकपामा गजाधर भट्टराई फराकिलो अन्तरले विजयी भएका छन्। नेपालीकाग्रेसको तर्फबाट विजयी वडाध्यक्ष हर्क मोक्तानको निधन भएपछि भएको उप–निर्वाचनमा नेकपाका भट्टराईले जितेका हुन्।

यहाँ काग्रेसका सुभराज थापा पराजित भए। अन्तिममत परिणाम अनुसार भट्टराईले १ हजार ४ सय ४६ र थापाले ९ सय ७२ मत प्राप्त गरे। ४ सय ४७ मतले फिदिममा थापा पराजित भएका छन्। भट्टराई यसअघि दुई पल्ट यहि वडामा पारजित बनेका थिए। फिदिम नगरपालिकामा दुई तिहाई सहित काग्रेसलको सरकार रहेको छ। ३ हजार ६ सय ७६ मतदाता रहेको फिदिममा २ हजार ५ सय ८२ मत खसेको थियो। यो वडा काग्रेसको पक्कड भएको वडा मानिन्थ्यो।

उताहिलिहाङ गाँउपालिका–७मा काग्रेसका तिल विक्रम इधिङ्गो विजयी भएका छन्। नेकपाका तिर्थराज तिम्सीनाको निधन भएपछि भएको चुनावमा काग्रेसका उम्मेद्वार विजयी भएका हुन्। यहाँ नेकपामा गेहेनाथ रिजाल पराजीत भएका छन्। इधिङको ३० मतेले विजयी भएका हुन।

यो गाँउपालिकामा नेकपाको दुई तिहाई थियो। इधिङगोले ८ सय ४२ मतप्राप्त गरेर विजयी भएका छन्। उनका निटतम प्रतिद्वन्द्वी रिजालले ८ सय १२ मत प्राप्त गरे। २ हजार ६ सय मतदाता भएको यहाँ १ हजार ६ सय ९३ मत खसेको थियो।

प्रकाशित: १५ मंसिर २०७६ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App