coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठक्करको सिकार राजमार्गका पुल

नवलपरासी– नारायणगढबाट बुटबल जाँदै गरेको ना.६ख ३०१७नम्बरको आइतबार ट्रकले ठक्कर दिएकोनवलपरासी दलदलेस्थित बौलाहाखोलाको पुलमा ठोक्किएर पल्टियो । ट्रक हटाइए पनि पुलबाट गाडी ओहोरदोहोर हुन सकेन ।पुल भाँच्चिएपछि आइतबार दिनभर पूर्व–पश्चिम महेन्द्रराजमार्गको नारायणगढ–कावासोती खण्डमा यातायातआवागमनप्रभावितभयो ।पुललगभगतीन फिट तलभास्सिएको छ ।

देवचुली–१२ दलदलेस्थितपुलमाबिहान साढे ३ बजेतिर ट्रक ठोक्किएको इलाकाप्रहरी कार्यालय नवलपुर कावासोतीकाप्रहरी नायबउपरीक्षकराजेश थापाले बताए ।

०७२ साउनमाभत्केको जयश्री खोलाको पुलअझै बनेको छैन, यसअघि लोकाहाखोलाको पुललाई पनि सवारीसाधनले ठक्कर दिएको थियो

‘पुलभन्दातल र माथिदुईवटा कच्ची बाटो बनाएर बिहान १० बजेपछिबल्ल गाडी खुलायौँ,’थापाले भने । यस खण्डमा पुलकाकारण यात्रुले दुःखपाउने गरेको यो घटना नौलो भने होइन । ०७२ साउनमाभत्केको जयश्री खोलाको यस्तै पुलअझै बनेको छैन । यसअघि लोकाहाखोलामा ठ्याक्कै यस्तै अप्ठेरो अवस्थासिर्जनाभएको थियो .

बौहालाखोला जयश्री र लोकाहाखोलाको बीचमा पर्छ । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड बेलायतले निर्माण गरेको हो । यसको ठाउँठाउँमा विशेष खालकास्टिल ट्रसरहेका छन् । ट्रसको कुनै एउटा खण्डमा क्षतिपुगे पुल नै बिग्रेर प्रयोग गर्न नमिल्ने अवस्थाआउने गरेको डिभिजन सडक कार्यालय वुटबल प्रमुखमेघराज मरासिनीले बताए ।

यसअघि जयश्री र लोकाहाखोलाको पुलपनि ट्रकले ठक्कर दिँदाक्षतिग्रस्त भएकाहुन् । दुईपटक ठक्कर खाएर क्षतिग्रस्त भएपछि जयश्री खोलाको पुल पूरै भत्काएर नयाँबनाउनथालिएको छ । लोकाहाखोलाको पुलमर्मत गरेर सञ्चालनमाल्याइएको छ । आइतबार भत्केको बौलाहाखोलाको पुलमर्मत गरेर पनि सञ्चालनमाल्याउन सकिन्छ वानयाँ बनाउनुपर्छ भन्ने प्राविधिकबाट चेकजाँचभइसकेको छैन ।

६वर्षअघि ०६७मंसिरमा जयश्री खोलाको पुलमा ट्रक ठोक्किएको थियो । त्यसपछिलामो समय यातायातआवागमनमा समस्याझेल्नुपरेको थियो । मर्मत गरेर सञ्चालनमाआएको पुलमागतवर्षको साउन १३ गते राति फेरि ट्रक ठोक्किएको थियो ।त्यतिबेला एक हप्तायातायातआवागमन अस्तव्यस्त बनेको थियो ।

त्यस्तै,लोकाहाखोलापुललाई पनि ०६८  चैतमा ट्रकले ठक्कर दिएको थियो । त्यसपछिपुलमाएकतर्फी यातायातचलाइएको थियो । फेरि ०७० असोजमाअर्को ठक्करले पुलथपलच्केपछि मर्मत–सम्भार गरी सञ्चालनमाल्याइएको हो ।

जयश्री खोलामानयाँपुलबन्दै छ । आडैमा राखेको स्टिलको अस्थायी पुलबाट सवारीसाधनआवतजावत गर्छन् । गाडीको अत्यधिकचाप रहने सो राजमार्गमापुलसानो भएकाकारण कुनै बेला घन्टौँजामहुने गरेको छ । डिभिजन सडककार्यालय प्रमुख मेघराज मरासिनीकाअनुसार बुटवल–नारायणगढ खण्डमा ३४ वटा ट्रस पुल छन् ।

‘पुलबनेकै ४०–४२ वर्ष हुनथाल्यो । कमजोर पनिभएकाहोलान्,’ मरासिनीले भने, ‘कुनै गाडीले ठक्कर दिएपछि नराम्ररी क्षतिग्रस्त हुनथालेका छन् ।’ भत्केको पुलमर्मत मात्रै गरेर सञ्चालनमाल्याउनमिल्ने भएपनिप्रक्रिया पूरा गरी काम सुरु गरेर सक्नचारदेखि ६महिनासम्मलाग्ने उनले बताए ।

प्रकाशित: २७ मंसिर २०७३ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App