coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इन्द्रावती–८ नेकपाका केदारनाथ विजयी

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्ष कांग्रेसले गुमाएको छ । पूर्वएमालेको किल्ला मानिने यो वडाको वडाध्यक्षमा नेकपा उम्मेदवार केदार आचार्य निर्वाचित भएका छन् ।  सात सय १२ मत ल्याएर बिजेता बनेका उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्म्मेदवार राले तामाङलाई दुई सय ७३ मतान्तरले पराजित गरे । तामाङले चार सय ३९ भोट पाए ।

यसअघिको स्थानीय चुनाव जितेका  वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि रिक्त स्थान पूर्तिको लागि उपनिर्वाचन भएको थियो । उनले कांग्रेसबाट जितेका थिए ।  राप्रपाका रणबहादुर तामाङले तीन  र राप्रपा (संयूक्त) का ढकबहादुर श्रेष्ठले १२ मत पत्र ल्याए । बाँदर चिन्हमा नौ भोट खस्यो । चुनावमा झण्डै ८४ प्रतिशत भोट खसेको थियो ।  

उक्त वडामा एक हजार चार सय चार मतदाता रहेकोमा एक हजार एक सय ७५ मत खसेको मतदान अधिकृत कृष्णमणि फुँयालले बताए । दुई सय २९ मत मात्र खसेन । मतदाताले उत्साहजनक ढंगले मतदानमा सहभागिता जनाएको उनले बताए । उनका अनुसार भोट खसाल्न बिहानैदेखि मतदाताको भिड लागेको थियो । दिउँसो २ बजेतिर भिड पातलिँदा ७५ प्रतिशतभन्दा बढी मत खसिसकेको थियो । स्थानीय चन्द्रावती आधारभूत विद्यालयलाई मतदानस्थल बनाएर दुईवटा केन्द्रबाट मत खसाल्ने व्यवस्था मिलाइएको थियो ।

यस वडामा चार उम्मेदवार प्रतिस्पर्धामा थिए । स्वर्गीय श्रेष्ठले कांग्रेसबाट वडाध्यक्ष जितेका थिए । उनले अहिले नेकपाबाट वडाध्यक्ष जितेका आचार्यलाई नै पराजित गरेका थिए । तत्कालीन माओवादीका उम्मेदवार आचार्य सात मत अन्तरले पराजित भएका थिए । इन्द्रावती नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल र कांग्रेस सभापति विकास लामाको गृहगाउँ भएकाले वडाध्यक्षको निर्वाचन र परिणाममा सबैको थियो ।
   

 

 

प्रकाशित: १४ मंसिर २०७६ १६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App