coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपनिर्वाचनः साकेलामा कांग्रेसको अग्रता

खोटाङ– खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा वडाध्यक्ष चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले केहीबेर अघि सार्वजनिक गरेको मत गणनाअनुसार ४ सय मत गणना सकिँदा कांग्रेस ९ मतले अघि देखिएको छ। हालसम्म नेकपाका शिवकला राईले १९१ मत, कांग्रेसका शुक्र तामाङले २०० मत र समाजवादी पार्टीका रमेश राईले ८ मत पाएका छन्।

राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्काको शुन्य मत छ। अहिले साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना जारी रहेको मुख्या निर्वाचन अधिकृतको कार्यालय प्रमुख एव जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले बताए।

तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैसाख ९ गते मृत्यु भएपछि रिक्त स्थानमा वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो।

मत परिणाम करिब राति साढे नौ बजेसम्ममा आउने अनुमान गरिएको छ। मत गणनाको सुरुवातसँगै नेता तथा कार्यकर्ता चासोकासाथ निर्वाचन परिणामको पखाईमा बसिरहेका छन्। शिवकला स्वर्गीय मणीकुमारका श्रीमती हुन्।

खिदिमाको उपनिर्वाचनमा ६१.२४ प्रतिशत मत खसेको थियो। कुल मतदाता १ हजार ३०३ मध्ये ७९८ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईले बताए। मत खसाउनेमा ४०१ जना पुरुष र ३९७ जना महिला छन्। ५०५ मतदाता अनुपस्थित भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

प्रकाशित: १४ मंसिर २०७६ १५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App