coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

घट्यो भक्तपुरमा मतदान प्रतिशत

भक्तपुर- भक्तपुर क्षेत्र नं १ प्रदेश क (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा शनिबार सम्पन्न निर्वाचनमा गएको चुनावमा भन्दा कम प्रतिशत मात्रै मतदान भएको छ ।

यस पटक जम्मा ७१ दशमलब १६ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा गएको निर्वाचनमा ७५.२५ प्रतिशत मत खसेको थियो । तर यस पटक करिब चार प्रतिशतले घटेर ७१ प्रतिशत मात्रै मतदान भएको छ ।

बिहानदेखि झण्डै सबै मतदान स्थलहरुमा मतदाताहरु शून्य प्रायः देखिएका थिए । खासै कहीकतै पनि मतदाताहरु मत खसाल्नका लागि लामो लाइन बस्नु परेको देखिएन् । जानेबित्तिकै मत खसाल्न पाउने जस्तै अवस्था सबै मतदान स्थलतिर देखिएको थियो ।

गएको प्रदेश सभाको निर्वाचनमा यस क्षेत्रमा कूल ३८ हजार नौ सय ७६ मतदाता थिए । जसमध्ये ७५.२५ प्रतिशत अर्थात् २९ हजार तीनसय ३१ मत खसेको थियो । यसपटक यस क्षेत्रमा कूल ४५ हजार १५ जना मतदाता रहेका थिए । २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा सात सय ४८ महिला र सात सय ३६ पुरुष गरी कूल एक हजार चार सय ८४ मतदाता थपिएका थिए । तर सय पटक ३२ हजार ३७ मत मात्रै मत खसेर त्यो प्रतिशत ७१ मा खुम्चियो ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकृत भीमबहादुर विसीका अनुसार भक्तपुर नगरपालिका वडा नं १० सरस्वती विद्यागृह मावि नवदुर्गास्थान, चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीस्थित गणेश मावि ताथलीलगायतका वढी मतदाता रहेका स्थानहरुमा कम मात्रै मत खसेका छन् ।

राजनीतिक पार्टीहरुप्रति जनताको अविश्वासका कारण कम प्रतिशत मत खसेको अनुमान गरिएको छ । आफ्नो मतबाट विजयी भएर देश लुट्नेहरुका लागि किन मतदान गर्ने भन्ने मतदाताहरु धेरै भेटिए । तर पनि कति मतदाताहरु यस्ता उम्मेदवारलाई हराउन पराजित हुने उम्मेदवारहरुलाई मत खसाल्न गएको बताएका थिए ।

यस क्षेत्रको गएको निर्वाचनमा १२ हजार सात ८९ मत एमालेका लामिछाने विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौसय ७४ मत ल्याएका थिए । त्यस्तै सात हजार १९ मत ल्याएर नेपाल मजदुर किसान पार्टीका निरज लवजू तेस्रो स्थानमा रहेका थिए ।

यस पटक २२ मतदान स्थलबाट मतदान भएका थिए । त्यसमा ५४ वटा मतदान केन्द्रहरु राखिएका थिए । चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका वडा नं १० गरी यस प्रदेशमा जम्मा १० वटा वडा रहेका छन् ।

निर्वाचनका लागि एउटा बुथमा एकजना निर्वाचन अधिकृत, ५ कर्मचारी, चार जना स्वयमसेवक खटाइएको थियो । जिल्ला प्रशासन कार्यालयले निर्वाचन हुने क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको थियो । उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गरी शुक्रबार राति १२ बजेदेखि मतदानको दिन शनिबार बेलुकी नौ बजेसम्मका लागि सवरी प्रवेशमा रोक लगाइएको थियो । यी स्थानहरुमा एम्बुलेन्स, शव बाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृतबाट स्वीकृत सवारी पास प्राप्त गरेका सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरुलाई प्रवेशमा रोक लगाइएको थियो ।

यसअघि यस क्षेत्रबाट विजयी हरिशरण लामिछानेको मृत्युपछि यस क्षेत्रमा निर्वाचन भएको हो । यस पटकको निर्वाचनमा नेकपा, नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टीलगायतका गरी नौ दलहरुबाट नौ जना र १० जना स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

 

प्रकाशित: १४ मंसिर २०७६ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App