७ वैशाख २०८१ शुक्रबार
राजनीति

कर्णालीमा कम मत खस्यो

उपनिर्वाचनमा सहभागी हुम्लामा मतदाता। तस्बिर: रविन/नागरिक

वीरेन्द्रनगर- कर्णालीका दुई जिल्लामा भएको उपनिर्वाचन शान्तपूर्ण रूपमा सम्पन्न भएको छ । हुम्लाको खार्पुनाथमा उपाध्यक्ष पदका लागि र सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्षका लागि उपनिर्वाचन भएको हो ।

यहाँ सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भएको छ । खार्पुनाथमा ८५ प्रतिशत र कुमाख गाउँपालिका–५, मा ६१.१२५प्रतिशत मत खसेको छ । खार्पुनाथमा तीन हजार तीन सय ८७ मतमध्ये दुई हजार आठ सय ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

वडा नम्बर १ मा आठ सय ८९ मतमध्ये सात सय ९९ मत खसेको छ । यस्तै वडा नम्बर २ मा चार सय ८० मध्ये तीन सय ७३, वडा नम्बर ३ मा पाँच सय २३ मध्ये चार सय ५८ मत खसेको छ । वडा नम्बर ४ मा ६ सय ४२ मध्ये पाँच सय ५२ र वडा नम्बर आठ सय ५३ मध्ये ६ सय ८७ मत खसेको छ ।

यसअघि खार्पुनाथमा निर्वाचित उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो । असार ३ गते कर्णाली नदीमा जिप खस्दा उपाध्यक्ष सिन्दु हमाल शाहीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । यहाँ शान्तिपूर्ण ढंगले उपनिर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जनाइन् । खार्पुनाथमा पाँचवटा मात्र वडा छन् ।

सल्यानको कुमाख गाउँपालिका–५, मा २०७४ सालको निर्वाचनमध्ये शनिबार सम्पन्न उपनिर्वाचनमा २.०७५ प्रतिशत कम मत खसेको छ ।

उपनिर्वाचनमा कूल १८ सय ३९ मतमध्ये ११ सय २४अर्थात् ६१.१२५ प्रतिशत मत खसेको छ । ६ सय महिला र पाँच सय २४ जना पुरुष उपनिर्वाचनमा सहभागी भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जानकारी दिएको छ । २०७४ को निर्वाचनमा उक्त वडामा १८ सय ७७ मध्ये ६३.७७५ प्रतिशत अर्थात् ११ सय ९७ मत खसेको थियो । यहाँ निर्वाचित वडाध्यक्ष जिल्ला समन्वय समितिको सदस्य भएपछि यहाँ वडाध्यक्ष पद रिक्त थियो ।

 

 

प्रकाशित: १४ मंसिर २०७६ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App