coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

साकेला–३ को मतगणना साढे ७ बजे

खोटाङ– खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा वडाध्यक्ष चयनका लागि भएको निर्वाचनको मतगणना शनिबार साँझ साढे ७ बजेदेखि सुरू हुने भएको छ । राति ९ बजेपछि गणना गर्ने भनिए पनि दल तथा उम्मेद्वारको सहमतिमा अगावै मत गणना सुरु गर्ने सहमति भएको मुख्या निर्वाचन अधिकृतको कार्यालय प्रमुख एवं जिल्ला न्यायधीश मातृकाप्रसाद आचार्यले बताए ।

मत गणनाका लागि मतपेटिकालाई साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । मत परिणाम करिब राति साढे नौ बजेसम्ममा आउने अनुमान गरिएको छ । मत गणनाको तयारीसँगै कार्यकर्तामा निर्वाचन परिणाबारे थप चासो बढेको छ । तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैसाख ९ गते मृत्यु भएपछि रिक्त स्थानमा वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो ।

खिदिमाको उपनिर्वाचनमा ६१।२४ प्रतिशत मत खसेको छ । कुल मतदाता १ हजार ३ सय ३ मध्ये ७ सय ९८ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईले बताए । मत खसाउनेमा ४०१ जना पुरुष र ३९७ जना महिला छन् ।
मतदानका लागि स्थानीय सिद्धेश्वरी माबिमा ‘क’ र ‘ख’ मतदान केन्द्र तोकिएको थियो ।

मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । निर्वाचनमा नेकपाकातर्फबाट शिवकला राई, नेपाली कांग्रेसकातर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीकातर्फबाट रमेश राई र राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्का चुनावी मैदानमा उत्रेका हुन् ।

प्रकाशित: १४ मंसिर २०७६ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App