८ वैशाख २०८१ शनिबार
खेल

महिला भलिबलको फाइनलमा भारत

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ।

आज शनिबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई तीन शुन्यको सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो। भारतले मादिभ्सलाई २५–१४, २५–६ र २५–१७ पराजित गर्यो।

तेस्रो सेट भने प्रतिस्पार्धात्मक बनेको थियो। उक्त सेटमा माल्दिभ्सले कुनै समय १४–१३ ले लिड समेत गरेको थियो। तर भारतले २५–१७ ले खेल आफ्नो पक्षमा ल्याएको थियो। 

फाइनलमा भारतले श्रीलंका वा नेपाललाई प्रतिद्वन्द्वीको रुपमा पाउने छ। आजै हुने नेपाल र श्रीलंकाबीच फाइनलका लागि प्रतिस्पर्धा हुने छ। 

भारत समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने माल्दिभ्स समूह ‘बी’को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। भारतलार्ई महिला भलिबलको प्रमुख दावेदारका रुपमा हेरिएको छ।

नेपाल र भारत समूह ‘ए’बाट आएका टोली हुन्। नेपाल श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गर्ने दाउमा छ। भारतले नेपाललाई समूह चरणमा तीन शुन्यको सोझो सेटमा पराजित गरेको थियो। भारत अपराजित हुँदै फाइनलमा प्रवेश गरेको हो। 

प्रकाशित: १४ मंसिर २०७६ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App