७ वैशाख २०८१ शुक्रबार
समाज

धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा ५० बर्षिय धनराज पौडेलको हत्या भएको छ । पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

शुक्रबार दिउँसे घटना भए पनि प्रहरीले साँझ ७ बजे मात्र घटना बारे थाहा पाएको थियो । ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक सुभाष खड्का अनुसार अनुसार पौडेलको घाँटी, टाउँको र शरीरका अन्य विभिन्न स्थानमा गम्भिर चोट छ ।

उनी अर्घाखाँचीबाट बसाईसरेर गोरुसिंगे आएका हुन् । उनी मंसिर १३ गतेदेखि हराएका थिए । उनी हराएको भन्ने सुचनाको आधारमा प्रहरीले खोजतलाश गर्दा कोठामा मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार साँझ मात्र प्रहरीले उनको शव भेटाएको थियो ।

उनलाई धारिलो हरियारको प्रयोग गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए घटनाको आरोपमा प्रहरीले मृतकी बुहारी लक्ष्मी पौडेललाई नियन्त्रणमा लिइएको जनाएको छ । शवलाई परिक्षणका लागि कपिलवस्तु अस्पताल लगिएको छ ।

प्रकाशित: १४ मंसिर २०७६ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App