coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सडक बालबालिकाको सहयोगार्थ दौड प्रतियोगीता

दौड प्रतियोगीताको उद्घाटन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा। तस्बिर: नगेन्द्र/नागरिक

सुर्खेत- आमा घरमा रहेका सडक बालबालिकाको सहयोगार्थ शनिबार वीरेन्द्रनगरको पर्यटकीयस्थल कांक्रेविहारमा दौड प्रतियोगीता गरिएको छ । ‘रन फर कज’ नाम दिइएको प्रतियोगीतामा कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितको सहभागिता रहेको थियो ।

‘तनाव छ जिन्दगी फाउन्डेसन’ले आयोजना गरेको प्रतियोगीतामा तीन सयभन्दाबढीले सहभागिता जनाएका थिए । फाउण्डेशनका अध्यक्ष सञ्जय योगीले सडक बालबालिकाको सहयोगार्थ दौड प्रतियोगीताको आयोजना गरिएको बताए । ‘नेपाल सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० लाई सघाउ पुर्‍याउन र सडक बालबालिकाहरुलाई सहयोग जुटाउन प्रतियोगीताको आयोजना गरेका हौं,’ उनले भने, ‘सरकारका मन्त्री, उद्योगी, व्यवसायी, विद्यार्थी र विभिन्न सामाजिक संघ–संस्थाबाट प्रतियोगीतामा उल्लेख्य सहभागीता रह्यो ।’ उनले प्रतियोगीताबाट संकलित रकम आमा घरलाई हस्तान्तरण गरिने बताए ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाहरुको सहभागिता जरुरी भएको बताए । उनले पर्यटन प्रर्वद्वन, पूर्वाधारको विकास र पर्यटकीय स्थलहरुको सरसफाईमा युवाको सहभागिता आवश्यक पर्ने बताए ।

उनले कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्षको अवसर पारेर एक लाख बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य पूरा गर्नका लागि निजी क्षेत्र र युवाहरुको सहयोग आवश्यक रहेको बताए । ‘पर्यटक भित्र्याउने कार्यमा निजी क्षेत्रको प्रमुख भूमिका भएपनि पर्यटकलाई स्वागत सत्कार, सुरक्षा एवं व्यवस्थापन गर्ने कार्यमा युवा जमातले अग्रसरता लिनुपर्दछ,’ उनले भने, ‘सरकारले युवाहरुबाट राखेको अपेक्षा पनि यहीँ हो ।’

कर्णाली प्रदेश सरकारले २०२० लाई भव्य रुपमा मनाउन पर्यटन प्रर्वद्धन समितिले तयारी शुरु गरिसकेको जानकारी दिँदै उनले शुभारम्भ जनवरी १ का दिन प्रदेशस्तरीय समारोह कांक्रेविहार, बुलबुलेमध्ये कुनै एक स्थानमा आयोजना गरिने बताए ।

वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले दौड कार्यक्रमले कांक्रेविहारको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए । युवाहरुको सिर्जनात्मक कामले समाज सकारात्मक बाटोतर्फ जाने उनको भनाई छ । उनले भ्रमण वर्षलाई सफल पार्नका लागि वडा कार्यालयले कांक्रेविहारमा अवलोकन गर्न आउने आगन्तुकहरुका लागि तीन वटा घोडाको व्यवस्था गरिएको जानकारी दिए ।


 

प्रकाशित: १४ मंसिर २०७६ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App