coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

थबाङमा १६ प्रतिशत मतदान

रोल्पा- शनिबार रोल्पाको थबाङमा भएको निर्वाचनमा १६ प्रतिशत मात्र मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रमेश ज्ञवालीका अनुसार एक हजार दुई सय ७४ मतदाता रहेकोमा दुई सय ९ मत खसेको हो । ११२ महिला र ९७ पुरुषले मतदान गरेका हुन्।

निर्वाचन तनाब र त्रासका बिचमा सम्पन्न भएको हो । मतदाता मतदान गर्न नआए पछि सुरक्षाकर्मीले स्कटीङ गरेको भन्दै स्थानियले ढुंगामुढा समेत गरेका थिए । बिहानै देखि सुनसान मतदान स्थल बेलुका सम्म पनि सुनसान जस्तै थियो ।

बाक्लो सुरक्षा घेराका बिचमा सम्पन्न निर्वाचन केन्द्रमा दिउसो ३ बजेसम्म मतदाता नै थिएनन् । नेकपाले विप्लव कार्यकर्ताले मतदाता रोकेको आरोप लगाएको छ । मुख्य निर्वाचन अधिकृत ज्ञवालीका अनुसार मतगणना केहिबेरमा सुरु गरिने छ ।

 

प्रकाशित: १४ मंसिर २०७६ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App