७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाजुरामा ७ सय २७ मत खस्यो, ७० प्रतिशत मतदान

बाजुरा- त्रिवेणी नगरपालिका १ मा भएको उपनिर्वाचनमा ७२७ मत खसेको छ । कुल १०३९ जना मतदाता रहेको वडामा मतदान अवधीभर ७२७ मत खसेको मुख्य निर्वाचन अधिकारीको कार्यालयले बताएको छ।

खसेको मत मध्ये ३८३ जना महिला र ३४४ जना पुरुष रहेका छन् । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मत संख्या पनि थोरै र पुरुषजति कामको शिलशिलामा जिल्ला बाहिर गएकोले केही कम मत खसेका हुन् । तरपनि ७० प्रतिशत बढी मत खसेकोले राम्रै मतदान मान्न सकिने बताईएको छ ।

खम्म नेपालीको जीप दुर्घटनामा परी मृत्यु भएपछि छतारामा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा नेकपा, नेपाली काँग्रेस र राप्रपा गरी तीन पार्टीले उम्मेदवारी दिएका छन् । तीन पार्टीबाट उम्मेदवारी दर्ता भएपनि नेकपा र काँग्रेस बीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

मत परिणाम पनि आजै रातीसम्म आईसक्ने बताईएको छ । त्रिवेणी नगरपालिकाको केन्द्रमा गणना हुने भएपनि २ घण्टा भित्र मतगणना स्थलमा मतपेटिका पुर्‍याएर गणना सुरु गरिने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

उपनिर्वाचनमा नेकपाबाट मनराजे बुढा मिलन, नेपाली काँग्रेसका खगेन्द्र चदारा र राप्रपाका मिनबहादुर ढोलीले उम्मेदवारी दिएका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले ३८ मतले जितेको थियो ।

स्थानीय निर्वाचनमा पराजित उम्मेदवार मनराजे बुढा मिलनलाई नेकपाले दोहोर्‍याएर उठाएको छ । भने काँग्रेसले दलित समुदायबाटै भावनात्मक मत संकलनका लागि उम्मेदवार बनाएको छ । मतदान प्रक्रिया शान्त वातावरणमा सम्पन्न भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताएका छन् ।  

उपनिर्वाचनको मतदान स्थलको अवस्था बारे अध्ययन तथा निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारी सहीत, मुख्य निर्वाचन अधिकृत, चार वटै सुरक्षा निकायका प्रमुख, पत्रकार सहीतको सहभागिता रहेको थियो ।

प्रकाशित: १४ मंसिर २०७६ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App