coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इमराहिमोभिकको नयाँ गन्तब्य म्यानचेस्टर युनाइटेड, तलब हप्ताको २ लाख युरो

स्विडेन–स्विडेनका पूर्व कप्तान तथा स्ट्राइकर जाल्टन इमराहिमोभिकले आफ्नो नयाँ गन्तब्य म्यानचेस्टर युनाइटेड (अल्ट्राडफोड) हुने बताएका छन्। स्वीडेन फ्रान्समा जारी युरोकप २०१६को समुह चरणाबाटै बाहिरिएपछि इमराहिमोभिकले अन्तराष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए।

उनी गत चार सिजन फ्रान्सको पेरीस सेन्ट जर्मन (पिएसजि)बाट खेल्दै उसलाई फ्रान्सेली लिगको उपाधी दिलाउन सफल भएका थिए। उनले नयाँ सिजनका लागि नयाँ क्बलमा जाने यसअघि नै घोषणा गरिसकेका थिए।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो नयाँ गन्तब्य इङलिस प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड हुने घोषणा गरेका हुन्। शुक्रबार मेडिकल टेस्टपछि युनाइटेडले जाल्टनसँग एक वर्षका लागि औपचारिक सम्झौत गर्ने बताएको छ। युनाइटेडले उनलाई प्रति हप्ता २००,००० युरो दिने बताएको छ।

सन् १९९९ देखि मोल्मोबाट व्यवसायिक फुटबल खेल्न सुरु गरेका इमराहिमोभिक इन्टर मिलान, युभेन्टस्, एसि मिलान, बार्सिलोना हुँदै चार वर्ष अघि पिएसजीमा आबद्ध भएका थिए। पिएसजीमा रहदाँ उनले क्लबलाई १२ प्रमुख उपाधि दिलाएका थिए।

प्रकाशित: १७ असार २०७३ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App