coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक किलो चरेससहित तीन पक्राउ

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार विहान ११ बजेतिर वीरेन्द्रनगर–१० को दीपचन्द्र होटलको तेस्रो तलामा रहेको १०६ कोठा नम्वरबाट एक किलो ९ सय ३० ग्राम चरेससहित वीरेन्द्रनगर–१२ का ५३ वर्षीया तुलसा शाही, जुम्लाको तातोपानी गाउँपालिका–७ का ४९ वर्षीय नैन शाही र जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ का ४२ वर्षीय नैनबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तले जानकारी दिए।

प्रहरीका अनुसार वीरेन्द्रनगरकी तुलसाले ग्राहक तयार पारेको भन्दै जाजरकोटका नैनबहादुर शाहीलाई चरेस ल्याउन भनेकी थिइन्। महिलाकै योजना अनुसार जाजरकोटका शाहीले चसेर ल्याएर वीरेन्द्रनगर आएका थिए। ‘जुम्लाका नैन शाहीलाई चसेर विक्री गर्ने बेला हामीले तीनै जनालाई होटलको कोठाबाटै रंगेहात पक्राउ गर्‍यौं,’ एसपी पन्तले भने, ‘यसबारेमा थप अनुसन्धान भइरहेको छ।’

प्रकाशित: १४ मंसिर २०७६ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App