वीरगञ्ज- पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन्।
ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी मुहान थुनेर दुईवटा कुलो बनाई भारततर्फ पानी लैजाने गरेको बताए।
ठुटे खोलाको पूर्वतर्फको भिरसँगै रहेको तीनवटा कुलोमध्ये दुईवटा ठूला कुलाबाट भारतीय पक्षले एकतर्फी रुपमा पानी लगेको छ भने एउटा सानो कुलो नेपाली पक्षलाई प्रयोग गर्न दिएको बताउँदै स्थानीयवासी प्रेमबहादुर विक भन्छन्, 'सोको विरोध गर्दा भारतीयहरुले कुटपिट गर्ने, दबाव दिने भएकाले यसतर्फ नेपाल सरकारले समयमै ध्यान दिनुपर्दछ।'
चितवनको चुरे डाँडामा रहेको पानीको मुहानबाट सो पानी ठुटे खोलामा आउने गरेको र सो खोला हुँदै पानी भारतर्फ जाने गरेको छ। अहिले सो खोलामा पानी त्यति मात्रामा नभए पनि कुलो बनाएर भारतर्फ लैजाने गरिएको छ। नेपाली पक्षले सो कुलो प्रयोग गर्न खोज्दा भारतीय सुरक्षा बल (एसएसबी), भारतीय किसान र भारत सहोदराका मुखिया आएर कुलोको रेखदेख गर्ने, मर्मतसम्भार गर्ने गरेको बताउँदै स्थानीयवासी ईश्वरी भुजेलले भनिन्, 'भारतीय पक्षले ४३५ नंको जङ्गे पिल्लर नेपाली भूमिमा सारेर दक्षिणतर्फको छ कट्ठा नेपाली भूभाग अतिक्रमण गरी भोगचलन गर्दै आइरहेको छ।'
ठोरीवासीले २०३५ सालको नापीमा सो जग्गा नेपालीले भोगचलन गर्दै आएकामा भारतीय पक्षले दशगजा मिचेर जङ्गे पिल्लर गाडेकामा आपत्ति जनाएको छ। तीन वर्षअघि ठुटे खोलामा पुल बन्यो तर भारतीय पक्षले सो पुल सञ्चालनमा अवरोध गरेपछि हाल खोलाबाट सवारी साधन आउने जाने गरेको छ।
नेपाली पक्षले सिँचाइका लागि आफ्नो भूमिमा कल्र्भट बनाउन लाग्दा भारतीय पक्षले अवरोध गर्ने गरेको ठोरीवासीले आरोप लगाएका छन्। यस्तो बलमिच्याइका कारण दुई देशबीचको सुमधुर सम्बन्धमा आँच आउने भएकाले यसतर्फ भारतीय पक्ष गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ।
भारतीय तस्करहरुले ठोरीमा आएर नेपाली चेलीसँग विवाह गरी मदिरा पसल सञ्चालन गर्ने तथा होहल्ला, झैझगडा तथा तस्करी गर्ने गरेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। पर्सा राष्ट्रिय निकुञ्जमा रहेको जङ्गली हात्तीको आतङ्क बढेकाले सोको नियन्त्रण गर्न निकुञ्ज प्रशासनसँग धेरैपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको ठोरीवासीको गुनासो रहेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत