८ वैशाख २०८१ शनिबार
अन्य

प्रदेश विखण्डनविरुद्ध थाल ठटाएर प्रदर्शन, आइतबार पनि जिल्ला बन्द

अर्घाखाँची– अखण्ड पाँच नम्बर प्रदेशको विरोध गर्दै आन्दोलनमा उत्रीएका जिल्लाबासीले आइतबार थाल ठट्याएर विरोध प्रदर्शन गरेका छन्।  महिला संघ संगठनहरुको अगुवाइमा थाल ठ्याएर बिरोध प्रदर्शन भएको हो । सन्धिखर्कको शान्तिवगैचाबाट सुरु भएको बिरोध जुलुस सन्धिखर्क र चुत्रावेशी बजार परिक्रमा गरि शान्तिवगैचामै आएर कोण सभामा परिणत भएको थियो । बिरोध सभामा जिल्लाका गाउँ गाउँबाट समेत महिला तथा पुरुषहरु सदरमुकाम आएका थिए ।

कोण सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसकी जिल्ला उपसभापति  शान्ता भण्डारी, नेकपा एमाले पाँच नम्वर प्रदेश सदस्य पवित्रा पौडेल, राष्ट्रिय जनमोर्चा निकट अनेम संघकी अध्यक्ष  कल्पना पोख्रेल लगायतले मन्तव्य राख्दै अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा चलेको आन्दोलनको नेतृत्व महिलाहरुले गर्न तयार रहेको बताएका थिए । उनीहरुले नेपालका ठूला÷ठूला परिवर्तनका आन्दोलनमा महिलाहरुले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराउँदै  आफूहरु पनि परिवर्तनको आन्दोलनमा होमिने उद्घोष गरे ।  प्रदेश टुक्राउन सरकारको कदमको  कलाकारहरुले गीत, संगीत मार्फत  बिरोध गरेका छन् । रक्तिमका जिल्ला अध्यक्ष विष्णु केसी, गोपाल भट्टराइ लगायतका कलाकारहरुले जनवादी गीतको माध्यमबाट अखण्ड प्रदेशको माग गरेका थिए  ।
 पाँच नम्बर प्रदेशलाई विखण्डन गर्ने गरि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि मंसिर १५ गते देखि जिल्लामा आन्दोलन चर्किएको छ । शनिबार र आइतबार प्रस्ताव फिर्ताको माग राख्दै जिल्ला बन्द गरिएको छ । बन्दका कारण जिल्लाको जनजीवन कष्टकर  बनेको छ । बन्दका कारण पसल, सवारी साधन उद्योग धन्दा कलकारखना पूर्ण रुपमा बन्द भएका छन् । विद्यालय सञ्चालनमा आएका छन् ।  बन्दको आवज्ञा गरि चलाइएका सवारी साधनहरुका साँचा जफत गरि बन्द कर्ताले गाडी नियन्त्रण लिएका थिए । नियन्त्रणमा लिएका गाडीलाई साँझ मात्र फिर्ता गरिदिएका छन् ।

२७ र २८ र २९ गते जिल्लामा बन्द बाहेक अन्य बिरोधका कार्यक्रमलाई यथावत राखिने भएको छ । ३० गते सदरमुकाम सन्धिखर्कमा आमसभा गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेसका जिल्ला सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु खनाल ( मुस्कान) ले  जानकारी दिए । सभामा   सभामा  नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेकपा एमालेका पोलिटव्युरो सदस्य दलबहादुर राना, नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सम्वोधन गर्ने कार्यक्रम रहेको संयुक्त  संघर्ष समितिले जनाएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले पुस १ गते देखि ३ गते सम्म आमहडताको घोषणा गरिएको बताए । उनले सरकारले संविधान संशोधन प्रस्तावलाई फिर्ता नगरे आन्दोलनलाई थप सशक्त पार्ने बताए ।  

 

प्रकाशित: २६ मंसिर २०७३ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App