७ वैशाख २०८१ शुक्रबार
खेल

साग भलिबलः फाइनलका लागि नेपाल र श्रीलंका भिड्दै

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा आज सेमिफाइनलका खेल हुनेछ।

त्यस्तै पुरुष भलिबल अन्तर्गत समूह चरणको एक खेल हुने छ। समूह ‘बी’ अन्तर्गत पुरुष भलिबलमा पाकिस्तान र  श्रीलंका भिड्ने छन्। पाकिस्तान र श्रीलंकाबीचको खेलले सो समूहको विजेता र उपविजेता टुंगो लाग्ने छ।

त्यस्तै महिला भलिवलमा भारत र माल्दिभ्स तथा दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै छन्। उक्त खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ। 

भारत समूह ‘ए’ को विजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। त्यस्तै समूह ‘बी’को विजेता हुँदै श्रीलंका र उपविजेता हुँदै माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेका थिए।

आज नेपालले श्रीलंकालाई पराजित गरे नेपाल सागको ईतिहासमा पहिलो पटक फाइनलमा पुग्ने छ। नेपाली महिला भलिबल टोली सागको इतिहासमा फाइनल पुग्न सकेको छैन। फाइनलमा प्रवेश गरे नेपालले महिला भलिबलबाट कम्तिमा रजत पदक पक्का गर्ने छ। 

दिउँसो तीन बजे पाकिस्तान र  श्रीलंकाबीच समूह चरणको पुरुष भलिबल हुने छ। महिला भलिबलमा दोस्रो खेल अपराह्न पाँच बजे भारत र माल्दिभ्स फाइनलका लागि प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै नेपाल र श्रीलंकाबीच साँझ सात बजे अन्तिम खेल हुनेछ। 

प्रकाशित: १४ मंसिर २०७६ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App