अन्तर्जातीय विवाह

बाहुनी र लिम्बुको विद्रोह

शनिबार, १४ मङि्सर २०७६, १० : ३६ गिरिराज बाँस्कोटा

घाँस काट्ने बहानामा डोको बोकेर आइन् शारदा, दीपकलाई भेट्न। जिन्दगीकै एक महत्वपूर्ण निर्णयमा कुरा गर्नु थियो।

शारदा पोखरेल (बाहुन) र दीपक आङ्देम्बे (लिम्बु)को प्रेम चलेको केही वर्ष भएको थियो। शारदा र दीपकको घर (हालको पाँचथर, फाल्गुनन्द गापा– १, साबिकको नवमीडाँडा– ७) २० मिनेट दूरीको फरकमा थियो। मेलापात, दाउरा–घाँस गर्दा, बाटोबीचमा देखभेट हुँदा यी दुई एकअर्काको प्रेममा परेका थिए। उनीहरुको प्रेम गुपचुप चलिरहेको थियो। एक्कासि शारदाको परिवारले शारदाको बिहे छिनिदियो, अर्कै केटासँग।

२०५७ फाल्गुन १९ गते बिहे हुने कुरा फागुन ७ गते नै छिनिएको थियो, बिहे हुन १२ दिन बाँकी थियो। बिहे छिनिएको थाहा पाएलगत्तै दीपकले भेट्न आउनका लागि शारदालाई खबर पठाएका थिए।

त्यो भेटमा लामो कुराकानी भयो। आफूहरूको मायापिरती कुनै आवेश, उन्माद वा पलभरको रमाइलो मात्र नभएर आत्मनिर्णय हो भन्नेमा दुवै स्पष्ट थिए। प्रेम छँदै थियो, मात्र निर्णय बाँकी थियो। त्यतिबेला समाजमा चर्को जातीय विभेद थियो। बाहुनकी छोरी र लिम्बुको छोराको मागी विवाह सम्भवै थिएन। त्यसैले उनीहरू केही समयका लागि समाजबाट भाग्नैपथ्र्यो। त्यतिबेला दीपक २२ र शारदा २० की थिइन्। आफ्नो प्रेमलाई मूर्त रूप दिने निर्णय लिन उनीहरू सक्षम थिए।
दीपकले प्रस्ताव गरे– भागेर बिहे गरौँ।
शारदाले सहजै स्विकारिन्। त्यतिबेला उनी फिदिम बसेर पाँचथर बहुमुखी क्याम्पसमा पढ्थिन्। उनले घर–परिवारलाई भनिन्, ‘दुई–चार दिनका लागि भए पनि फिदिम जान्छु र पढ्छु।’

परिवारले उनलाई बिदा दियो। उनी फिदिम गइन्। यता, दीपक पनि एकजना साथी लिएर सुटुक्क फिदिम पुगे। अहिलेजस्तो सडक थिएन, हिँडेर जानुपथ्र्यो। फागनु १० गते फिदिममा भेटिएर उनीहरू काठमाडौंतिर लागे।

यसरी यिनीहरूको अनौपचारिक बिहे भयो, समाज र परिवारले स्विकारेर यो बिहेले औपचारिकता पाउन भने केही समय लाग्यो।

अहिले यो जोडीले फिदिम– २ पल्लोटारमा इँटा उद्योग लगायतका व्यवसाय चलाएको छ। मंगलबार दिउँसो त्यहीँ भेटिएका यी जोडीले दुई दशक अघिको आफूहरूको प्रेमकथा सम्झिए। पुराना दिन सम्झँदै उनीहरू दुवै घरी हाँस्थे, घरी एकअर्कालाई जिस्क्याउँथे त घरी गम्भीर हुन्थे।

‘कति कुरा बिर्सिइयो। कति कुरा सम्झिएर पनि काम छैन। बाहुनकी छोरीले लिम्बुको छोरासँग भागेर बिहे गर्न सजिलो थिएन,’ शारदा भन्छिन्, ‘बिहे गरेको आज १९ वर्ष भयो। नानीहरू हुर्किसके। तर, त्यो समाजले गरेको व्यवहार अझै ताजा छ।’

भागेर बिहे गर्न त्यति सजिलो थिएन। चिने–जानेकासँग जोगिनुपथ्र्यो। उनीहरू फिदिमबाट बस चढेर बिर्तामोड लागे। बिर्तामोड पुगेपछि दीपकले आफ्नो साथीलाई घर फर्काए।

रोचक संयोग, शारदासँग बिहे छिनिएका केटाले बिर्तामोडमा सुटकेस डो-याउँदै गरेको दीपकले देखे। दीपक र शारदा दुवैलाई हाँसो लागेछ।
बिर्तामोडबाट उनीहरू काठमाडौं लागे। काठमाडौंमा उनीहरूले केही मजदुरी पनि गरे।

दीपक भन्छन्, ‘जे पर्लापर्ला भनेर दुई महिनापछि म उनलाई लिएर घर गएँ। मलाई लिम्बुको छोराले बाहुनी बिहे ग-यो भनेर दाजुभाइ, आफन्तले देखी सहेनन्। बाहुनकी छोरी लिम्बुसँग गई भनेर उनलाई पनि आफन्तले राम्रो मानेनन्। गाउँलेहरू हामीलाई हेर्न हाम्रो घरमा आउँथे, बाटोमा कुरा काट्थे। घरबाट निस्कनै मन हुँदैनथ्यो।’

घरमा पनि शारदासँग लामो समयसम्म सासु–ससुरा बोलेनन्। बिहे गरेर बुहारी ल्याएपछि घरमा लगन गर्ने चलन छ। तर, परिवारले तत्काल लगन गरिदिएन।

दीपकको भनाइमा, आफूहरूको बिहेपछि गाउँमा खाता खुल्यो। उनी भन्छन्, ‘त्यसपछि त गाउँमा भटाभट अन्तर्जातीय विवाह हुन थाल्यो। समाजले परिवर्तन चाहन्थ्यो, तर विद्रोह गर्न सकिरहेको थिएन।’

बिहे गरेको चार महिनापछि एक साँझ शारदा माइतीघर गइन्। दीपकले नै शारदालाई लिएर गएका थिए। तर, उनी शारदाको माइतीघरभन्दा केही पर बसे र शारदालाई मात्रै पठाए। शारदा त्यो दिन सम्झन्छिन्, ‘घरमा पुगेपछि आमा धेरै रुनुभयो।’

केही महिनापछि शारदाका माइतीहरू अलि सहज हुँदै गए। एक्ली छोरी भएकाले शारदालाई केही सजिलो भयो। तर, माइती भेट्न पनि गाउँलेले नदेख्ने गरी रातमा जानुपथ्र्यो। ‘म माइतीघर गएको गाउँलेले देखे भने आमालाई राम्रो मान्दैनथे, लिम्बुसँग गएकी छोरीलाई घरमा आउन दिई भनेर। त्यसैले लामो समयसम्म लुकेरै आमालाई भेट्न गएँ,’ शारदा भन्छिन्, ‘त्यो बेला कहाँ यस्तो थियो र ? बाहुन मात्र होइन, लिम्बुहरू पनि कट्टर थिए।’

छोरी जन्माएपछि मात्रै दीपक र शारदालाई परिवारले लगन गरिदियो, गाउँलेहरूलाई बोलाएर। लिम्बु, बाहुन, क्षेत्री लगायतलाई बोलाएर बिहे भोज खुवाइयो। लुकिछिपी  मात्र माइती/ससुराली जाने उनीहरू दुई वर्षपछि दसैँको बेला औपचारिक रूपमा गए। त्यसपछि आवतजावत सजिलो हुँदै गयो।

केही वर्षपछि उनीहरु नवमीडाँडा बजारमा व्यवसाय गर्न आए। त्यहाँ पनि यो जोडीलाई हेर्न आउने, कुरा गर्नेको संख्या उत्तिकै थियो। त्यहाँको व्यवसायपछि उनीहरु फिदिम आए र इँटा भट्टा सञ्चालन गरे। अहिले जीवन राम्रोसँग चलेको छ। एक छोरी र एक छोरा छन्।

दीपक भन्छन्, ‘प्रेम सफल बनाउन बिहे गरियो। समाजले हामीलाई निकै दुःख दियो। मलाईभन्दा उनलाई थप सास्ती भयो। तर, हामीले समाजलाई जित्यौँ। प्रेम र मानवता ठूलो हो, जात केही होइन भन्ने सन्देश दियौँ।’








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad