coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पुरानो गद्दीको चम्किलो स्वरूप

ठूला–ठूला झुमर बत्ती। आकर्षक सजावट। चम्किला भित्तामा ऐतिहासिक तस्बिर। सन् १९०८ (राणाकाल) मा निर्मित काठमाडौं, वसन्तपुरस्थित काष्ठमण्डप दरबारको गद्दी बैठकको अहिलेको दृश्य हो यो। भूकम्पले क्षति पु¥याएको यस भवनलाई अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)को नौ लाख अमेरिकी डलरको सहयोगमा जीर्णोद्धार गरिएको छ।

यस बैठकलाई काठ, ढुंगा, इँट, सुर्की लगायत परम्परागत सामग्री प्रयोग गरी निर्माण गरिएको हो। राणाकालमा स्वदेशी तथा विदेशी पाहुनाको स्वागतमा प्रयोग हुँदै आएको यो बैठकको बार्दलीबाट पछिल्लो समय दशैं, इन्द्रजात्रा लगायत विशेष अवसरमा नेपालका राष्ट्रप्रमुख लगायत उच्च पदस्थले विभिन्न कार्यक्रम नियाल्ने गर्छन्।

गत मंगलबार दरबार क्षेत्रमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र अमेरिकी राजदूत रेन्डी बेरीले संयुक्त रूपमा गद्दी बैठक सर्वसाधारणका लागि खुला भएको जानकारी दिए। बार्दलीमा उभिएका संस्कृतिमन्त्री भट्टराई र पुनर्निर्माणमा सहयोग पु-याउने अमेरिकी राजदूत बेरी प्रफुल्लित मुद्रामा देखिएका थिए।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले ऐतिहासिक–पुरातात्विक महत्वका दरबार र सभाहलहरूको मौलिक सबलीकरण गर्न पु¥याएको सहयोगका लागि अमेरिकी दूतावासलाई धन्यवाद दिए। बेरीले ऐतिहासिक महत्व बोकेको गद्दी बैठकको निर्माणमा सहयोग पु¥याउन पाएकामा खुसी लागेको बताए। उनले भने, ‘सांस्कृतिक धरोहर समेत रहेको बैठक सर्वसाधारणका लागि खुला हुँदा यसको झनै महत्व बढेको छ।’

प्रकाशित: १४ मंसिर २०७६ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App