‘खेल्दाखेल्दै बुझ्छन् बिहेवारी’

शनिबार, १४ मङि्सर २०७६, १० : ०५ हरिराम जोशी

बेल विवाह विशेषतः नेवार कन्यालाई सानै उमेरमा विवाहका बारेमा सिकाउने एक विधि हो। जसअनुसार कन्यालाई केटाकेटी खेलको रूपमा सानैमा विवाहका बारेमा शिक्षा दिइन्छ, वैवाहिक परम्परा सिकाइन्छ। बेल महादेवलाई चढाइने फल हो। कन्याले भविष्यमा बेलजस्तै श्रीमान् पाउने जनविश्वास छ। जस्तोः ठूलो फल रोजेदेखि बूढो श्रीमान् पर्छ भनिन्छ। त्यस्तै, सानोे बेल रोज्नेले जवान श्रीमान् पाउने विश्वास गरिन्छ। त्यसकारण बेल विवाहमा कन्याले सानो बेलको फल रोज्ने गर्छन्। यो कुरा कन्यालाई सानैदेखि सिकाइन्छ। आठदेखि दश वर्ष उमेरको बीचमा कन्यालाई बेलसँग विवाह गराइन्छ। कतै १२ वर्षको उमेरसम्म गर्ने चलन छ।

विश्वमै सबैभन्दा प्राचीन मानिने ऋग्वेद र अथर्व वेदमा महिलाको बेल, गन्धर्व, अग्नि अर्थात् सूर्य र पुरुष गरी चारपटक विवाह हुने लेखिएको छ। कहिल्यै नसुक्ने बेल (सोम), कला, नृत्य र खेलमा निपूर्ण बनाउने गन्धर्व (कलादेव) र उज्यालोको स्रोत सूर्य (अग्निदेव) सँगको विवाहले पूर्ववत रूपमा नेवार समुदायका महिलाको पतिव्रत र सौभाग्य सुनिश्चित गरेको छ। चौथोपटक कुनै पुरुषसँग गरिएको विवाहबाट नेवार महिलाको जीवनमा श्रीमान्को महŒव गौण देखिन्छ। अर्थात् नेवार संस्कारअनुसार बेल विवाह, गन्धर्व विवाह र सूर्य विवाहपछि पुरुषसँगको विवाह बच्चा जन्माउन मात्र आवश्यक ठानिएको छ। महिला अस्तित्वको सवालमा धर्म, चेतना र प्रकृतिको यति राम्रो संयोजन मनन गर्न लायक छ।

यो परम्परा पहिले सबैले मान्थे। यो प्रचलन भारतमा पनि थियो। बिस्तारै अरु जातजातिले यो परम्परालाई छाड्दै गए। अहिले नेवार समुदायमा मात्र महिलाले चारपटक विवाह गर्ने चलन रहेको छ। त्यसकारण पनि यो परम्परा नेवार समुदायको मात्र हो भन्न मिल्दैन।

बेल विवाहको अघिल्लो दिन नुवाइधुवाईसँगै हातगोडाका नङ काटी शुद्ध हुनुपर्छ, सफा रातो लुगा लगाउनुपर्छ। विवाहको दिनमा पूजासँगै कन्यादान गरिन्छ। यसमा सबैभन्दा विशेष के हो भने, कहिल्यै नसुक्ने फल बेलसँग कन्याको विवाह हुन्छ। घरमूली बुुबाआमाले, बुबाआमा नभए मामाले, अथवा दाजुभाइले भगवान्का नाममा कन्यादान दिने प्रचलन छ।

बालबच्चालाई सानै उमेरदेखि भविष्यमा गर्नुपर्ने कर्म–संस्कार सिकाउँदै जानुपर्छ। बेल विवाहले कन्यालाई विवाहका बारेमा धेरै कुरा सिकाउँछ। खेल्दाखेल्दै उनीहरूले श्रीमान्, विवाहबारे  बुझ्छन्। यसले पुरुषसँग घरजम गर्न कन्यालाई मानसिक रूपमा तयार गराउँछ।

बालबच्चालाई सानै उमेरदेखि भविष्यमा गर्नुपर्ने कर्म–संस्कार सिकाउँदै जानुपर्छ। बेल विवाहले कन्यालाई विवाहका बारेमा धेरै कुरा सिकाउँछ। खेल्दाखेल्दै उनीहरूले श्रीमान्, विवाहबारे  बुझ्छन्। यसले पुरुषसँग घरजम गर्न कन्यालाई मानसिक रूपमा तयार गराउँछ। जस्तोः साना नानीबाबुलाई स्कुलमा अहिले स–साना कुरा सिकाइरहेका छौँ, यसले पछि ठूलो काम गर्न उनीहरूलाई सहज हुन्छ।

आज पनि यसको विशेष महत्व छ। एक अर्थमा कन्यादान गर्नु भनेकै कन्यालाई अरूको जिम्मा लगाउनु हो। जसले दान लिन्छ, उसले त्यस चीजको उपभोग गर्छ। त्यसैले महिलाले अधिकार नै माग्नु छ भने कन्यादान दिने परम्परा खारेजको माग राख्नुपर्छ।  नेवार संस्कृतिमा बेलविवाह र सूर्यविवाहले नारीलाई यही अधिकार प्रदान गरेको छ। यही विषयमा मैले ‘कन्यादान नारी जातिका लागि अभिशाप’ भन्ने किताब लेखेको छु।

एउटी कन्यालाई विवाहमा दान गरेपछि उसको गोत्र पनि परिवर्तन गरिएको हुन्छ। तिल–कुश राखेर दान गरिन्छ। भोलि श्रीमान्सँग सम्बन्धविच्छेद भयो भने ती महिला जाने कहाँ ? त्यसैले नेवार समुदायमा छोरीलाई विवाहमा अन्य वैवाहिक परम्परामा जस्तो ‘पाले पुण्य मारे पाप’ भन्दै परपुरुषको हातमा दिने चलन छैन। यसअर्थमा बेल विवाहले महिलालाई विभेद गरेको छैन।

हामी कहाँ पहिले ‘पुतलीको खेल’ खेल्ने चलन थियो। यो खेलमा पुतलीको विवाह हुन्थ्यो, भोज खाने हुन्थे। यो हामीहरूको पुरानो परम्परा हो, जुन अहिले हराएर गयो। अहिले युरोपमा यो प्रचलन सुरु भएको छ। हामीकहाँ प्रचलनमा रहेको पुतली खेल, अहिले त्यहाँ ‘डल हाउस’ भनेर प्रख्यात छ।

बाःराः तय्गु
बाःराः तय्गुलाई नेपालीमा गुफा राख्ने र सूर्यदर्शन पनि भनेर बुझिन्छ। सामान्यतः नेवार कन्याको उमेर १२ वर्ष भएपछि गुफा राख्ने प्रचलन छ।

१२ वर्षसम्म गुफा राख्दा उनको उमेर २४ वर्ष हुन्छ। त्यति समयमा उनले ६४ कलाको ज्ञान आर्जन गर्नुको साथै विवाह र वैवाहिक सम्बन्ध लगायत व्यावहारिक ज्ञान प्राप्त गरिसकेकी हुन्छिन्। त्यति बेला उनी विवाहका लागि परिपक्व भइसकेकी हुन्छिन्। तर, अहिले यसलाई छोट्याएर १२ दिन मात्र गुफा राख्ने गरिन्छ। बाःरा राखेका बेला कन्याले सूर्य किरण र पुरुषलाई देख्न हुँदैन भन्ने मान्यता छ। यसको सुरुको अवधिमा बालिकालाई सूर्यको किरण नजाने कोठामा बन्द गरी राखिन्छ। पहिलो ६ दिनसम्म नुन नखुवाई बन्द कोठामा राख्ने र कोही पनि पुरुष मान्छेलाई भेट गर्न दिइँदैन। कन्याले आफूले केही खानुअघि बाःरा ख्याक (भगवान्को प्रतीक– गन्धर्व) लाई चढाउनुपर्ने हुन्छ। ६ दिनपछि कन्याले नुहाइधुवाइ गरेर सफा कपडा लगाउँछिन्। त्यसपछि आफन्त (माइजू, फूपू, काकी तथा छरछिमेकी)हरू फलफूल, मकै–भटमास तथा अन्य खानेकुरा लिएर उनलाई भेट्न आउँछन्। १२औँ दिन बिहान सबेरै गुफा बस्ने कन्यालाई विशेष शृंगार गरी घरका महिलाले बाहिर निकाल्छन्। १२ दिनसम्म कन्याले सूर्यलाई देखेकी हुँदिनन्। त्यसैले सीधै हेर्न नसकिने भएकाले एउटा भाँडोमा पानी राखेर छायामा सूर्यको दर्शन गराइन्छ। त्यसकारण पनि यसलाई सूर्यदर्शन भनिन्छ। त्यसपछि विशेष पूजाआजा गराइन्छ।

बाःरामा पनि कन्यालाई व्यावहारिक कुरा सिकाइन्छ। यो समयमा कन्यालाई ६४ कलाको ज्ञान दिइन्छ। गीत गाउने, नाच्ने, विभिन्न किसिमको अध्ययन गर्ने, लेख्ने आदि अन्धकार कोठामै सिकाइन्छ। एक दिनमा सिक्ने सिकाइ होइन त्यो, १२ वर्षमा प्राप्त गर्ने सिकाइ र ज्ञान कन्याले प्राप्त गर्छिन्।

महिलाको जीवनमा चारपटक विवाह हुने भन्ने कुरा ऋग्वेदमा उल्लेख छ। त्यही अन्तर्गतको एक हो, बाःराः तय्गु अर्थात गुफा।

रजस्वलासँग सम्बन्धित
वेद अनुसार, कन्याको पहिलो विवाह ‘बेल विवाह’ हो। आठदेखि दश वर्षको उमेरमा बेलसँग विवाह हुन्छ। उनको उमेर बढ्दै गएपछि, जब उनी १२ वर्ष पुग्छिन्, रजस्वला हुने समय हुन्छ। रजस्वलाको समयमा कन्याले परपुरुषसँग यौनसम्पर्क गर्नु स्वास्थ्यका हिसाबले पनि राम्रो हुँदैन भनेर अलग्गै कोठामा राख्ने गरिएको हो। त्यही समयमा उनले धेरै विषयका बारेमा अध्ययन गर्छिन्। पहिले सात–आठ वर्षको उमेरपछि बालकलाई शिक्षादीक्षाका लागि गुरुकुल पठाउने गरिन्थ्यो। तर, कन्यालाई गुरुकुल पठाउँदा सुरक्षित नहुने भएकाले घरमै राखेर शिक्षा दिने गरिन्थ्यो। 

किशोरीले ६४ कलाको ज्ञान आर्जन गर्नु नै यो परम्पराको महŒव हो। किशोरीले पनि किशोरसरह ज्ञान आर्जन गर्न पाउँछन् । तर, अहिले यो परम्परामा धेरै परिवर्तन आएको छ। पहिले १२ वर्षसम्म हुने बाःराः तय्गु १२ दिनको भएको छ। कहीँकतै त एक दिनमै सबै विधि सकाइन्छ। यो त नक्कल मात्र भयो, गुफा राखेको कुनै महत्व भएन।

अहिले किशोरीलाई शिक्षा दिन बाःराः नै राख्नुपर्दैन। स्कुल र विभिन्न संघ संस्थाबाट उनीहरुले सजिलै आफूले चाहेको शिक्षा आर्जन गर्न सक्छन्। धेरै विषयका ज्ञान उनीहरुले बाहिरबाट आर्जन गर्न सक्छन्। अहिलेका किशोरीहरु बाःराः राखेको समयमा मोबाइल, इन्टरनेटमै रमाइरहेका हुन्छन्। अहिले यो परम्परा मान्नु भनेको संस्कृतिको निरन्तरता हो। विभेद र अनावश्यक पीडा नभएको हदसम्म संस्कृति हाम्रा सम्पत्ति हुन्।

पहिले यो चलन सान्दर्भिक पनि थियो। अहिले पनि पहिलेझैँ १२ वर्ष बाःराः राख्ने परम्परा भएको भए उनीहरुलाई मानसिक पीडा हुन्थ्यो। त्यसैले यो विधि छोट्टिँदै गएको  छ।  
(जोशीसँग नागरिककर्मी ज्योति श्रेष्ठले गरेको कुराकानीमा आधारित)








यसमा तपाईको मत

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad