ऐतिहासिक रानीपोखरी पुनःनिर्माणमा फेरि डोजर

शनिबार, १४ मङि्सर २०७६, ०८ : ०४ नागरिक

डुक्पा छिरिङ मोक्तान

काठमाडौं – विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको चार वर्षपछि ऐतिहासिक सम्पदा रानीपोखरीको पुनःनिर्माणमा दुईवटा जोडार प्रयोग गरेर काम अघि बढाइएको छ। गत फागुनबाट उपभोक्त समितिले भक्तपुर नगरपालिकाका ५० जना महिला ल्याएर रानीपोखरी निर्माण कार्य गर्दै आएको थियो। उनीहरूले हात र खुट्टाले माटो मुछ्ने, पानी अड्याउन कालो माटो बिछ्याउने काम गर्दै आएका थिए। तर राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले काम छिटै सक्न र पुनःनिर्माण लागत थोरै हुने भन्दै रानीपोखरीमा डोजर चलाएको छ। यसअघि प्राधिकरणले रानीपोखरीमा डोजर चलाउँदा विरोध भएको थियो।

तोकिएको समयावधिमा काम नसकिने भएपछि डोजर चलाएको प्राधिरकणका इन्जिनियर राजु मान्धरले बताए। उनले भने, ‘डोजर लगाएसँगै मानिसले २६ दिनमा गर्ने काम डोजरले एक दिनमै गरिरहेको छ। तर पोखरीको माटो उठाउन मात्र डोजर प्रयोग गरिएको हो, मन्दिर तथा पोखरीको पर्खाल भत्काउन भने मान्छे नै प्रयोग गरिएको छ।’

भूकम्प गएको चार वर्षपछि बनाउँदै गरेको रानीपोखरीभित्र डोजर चलाएपछि ऐतिहासिक महत्वको सम्पदामा प्रविधिको प्रयोग भइरहेको भन्दै सम्पदा अभियन्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। अहिले रानीपोखरीभित्र दुईवटा एस्काभेटरको प्रयोग भइरहेको छ। पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम सिएमसी कम्पनीले गरिरहेको छ। अहिले बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम २० प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको छ। त्यस्तै पर्खालको काम भने ८५ प्रतिशत सकिएको इन्जिनियर मान्धरले बताए। गत माघमा भएको विज्ञ सम्मिलित बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरीमा डोजर प्रयोग नगर्ने र पोखरी जस्ताको त्यस्तै बनाउने सहमति भएको थियो।

डोजरले दुई दिनमै एक सय ८० मिटरमा पिँध बनाएको मान्धरले बताए। प्राधिकरणले डोजर चलाएपछि अधिकतर कामदार फर्किएका छन्। काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको कम अघि बढाउने क्रममा बालगोपाल मन्दिरमा कंक्रिटको पिलर ठड्याएको थाह पाएपछि सम्पदा संरक्षणकर्मी, सम्पदा विज्ञले काम रोक्न दबाब दिएका थिए। पोखरीको पिँधमा टायल राख्ने, क्षेत्रफल छोट्याउने र कंक्रिटको पर्खाल लगाउन थालेपछि उपमेयर हरिप्रभा खड्गीसमेत विरोधमा उत्रेकी थिइन्।

अहिले बन्न लागेको रानीपोखरी पुनःनिर्माण गर्दा पहिले करिब एक फिट तलसम्म खनी बनाइनेछ। अहिले पोखरीमा कालीमाटी राखेर निर्माण भइरहेको छ। रानीपोखरीको पुनःनिर्माणमा प्राचीन स्मारक संरक्षणको मापदण्डअनुसार गर्ने सहमति भए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले फेरि डोजर चलाएर सरकारलाई चुनौती दिएको देखिन्छ। प्राधिकरणले रानीपोखरी पुनःनिर्माणमा प्राचीन स्मारक संरक्षण मापदण्ड पालन गर्ने प्रतिबद्धता जनाएपछि त्यसैअनुसार उपभोक्ता समिति गठन गरी भक्तपुरबाट कामदार ल्याएर काम गर्न थालिएको थियो। काममा प्रगति भइरहेकै बेलामा रानीपोखरीमा डोजर चलाउनुले प्रचलित ऐनले तोकेको मापदण्ड उल्लंघन भएको छ।

पूरातात्विक दृष्टिकोणले आधुनिक तथा ठुला औजारहरू सम्पदा क्षेत्रमा प्रयोग गर्न मिल्दैन। ऐतिहासिक तथा सांस्कृतिक महŒवका सम्पदामा प्रविधिको प्रयोग हुनु नहुने र पुरानै शैलीमा जस्ताको त्यस्तै बनाउनुपर्ने पुरातत्वविद् सुदर्शन तिवारीले बताए। उनका अनुसार ऐतिहासिक सम्पदाको महत्व जोगाउन सकेसम्म प्राचीन निर्माण सामग्री प्रयोग गरी प्राचीन आकारमै बनाउनुपर्छ।

प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएका थिए। उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको, उत्तर–पूर्व कुनामा भैरवको, दक्षिण–पूर्व कुनामा देवीको र दक्षिण–पश्चिममा सोह्रहाते गणेशको मन्दिर स्थापना गरेका थिए।

प्रताप मल्लको पालामा बनेको रानीपोखरी परिसरमा रहेका मन्दिर ग्रन्थकुट शैलीको थियो। २०९० सालको भूकम्पले भत्किएपछि जुद्धशमशेले गुम्बज शैलीमा पुनःनिर्माण गराएका थिए। प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विक्रम संवत् १७२७ मा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिरको स्थापनमा गरिएको थियो।

माघसम्म रानीपोखरीमा पानी
ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्म पानी राखिने भएको छ। आउँदो पुस मसान्तसम्ममा रानीपोखरीमा पानी राख्ने तयारीका साथ काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिरकणका इन्जिनियर राजु मान्धरले बताए।

२०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पु-याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको जिम्मा प्राधिकरणले पाएपछि रानीपोखरी निर्माणले गति लिएको थियो। उनले पोखरीको सतहलाई पुरानै तहअनुसार बनाएको पनि बताए।

सुरुमा पुनःनिर्माणको जिम्मा काठमाडौं महानगरले पाए पनि अपेक्षित काम हुन सकेको थिएन। पछि रानीपोखरी पुनःनिर्माणको जिम्मा प्राधिकरणले पाएको हो। पोखरीको संरक्षण एवं निर्माण गर्दा पूर्व र उत्तरतर्फ ढुंगाको पेटी राखेर बाहिरबाट मौलिकता र एकरूपता झल्किने किसिमले सिँढीहरूको निर्माण गरिने इन्जिनियर मान्धरले बताए। बालगोपालेश्वर मन्दिर पुरानै शैली (ग्रन्थकुट र शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण कम्पनी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको थियो।








यसमा तपाईको मत

अन्य समाचार

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad