८ वैशाख २०८१ शनिबार
राजनीति

मतदानका लागि तयारी पूरा

पाँचथर – उपनिर्वाचनअन्तर्गत जिल्लाको तीन स्थानमा शनिबार हुने मदतानका लागि सम्पूर्ण तयारी पूरा भएको छ। मतदान शान्त वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी बस्तीले जानकारी दिए।

मतदानपूर्व, मतदानका बेला र मतदानपछिको सुरक्षालाई ध्यानमा राखेर तयारी गरिएको जानकारी पनि उनले दिए। फाल्गुनन्द गाउँपालिकाको प्रमुख, फिदिम वडा नम्बर १ र हिलिहाङ वडा नम्बर ७ मा अध्यक्ष चयनका लागि मतदान हुनेछ। मतदान स्थल र केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी, मतदान सामग्री पुगिसकेको जानकारी मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले दिए। हलिहाङको मतगणना शनिबार साँझदेखि गर्ने तयारी भएको जानकारी दिइएको छ। फाल्गुनन्द गाउँपालिका र फिदिम–१ को मतगणना आइतबार बिहानबाट सुरु हुने जानकारी मुख्य निर्वाचन अधिकृत भट्टराईले दिए। उनका अनुसार मतदानका लागि २ सय ९७ कर्मचारी खटाइको छ। मतदाता, मतदान स्थ्ल र केन्द्रमा सुरक्षाका लागि एक हजार पाँच सय हाराहारीमा सुरक्षाकर्मी खटिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए। मतदाता परिचयपत्र नभएका मतदाताका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा नेपाल सरकारबाट जारी फोटो भएको परिचयपत्रका आधारमा समेत मतदान गर्न दिने व्यवस्था मिलाइएको छ।

फाल्गुनन्द गाउँपालिका प्रमुखका लागि ८, फिदिम–१ मा वडाध्यक्षका लागि ७ र हिलिहाङ–७ मा वडाध्यक्षका लागि ६ जना उम्मेदवार छन्। फाल्गुनन्दमा १६ हजार ५ सय ७७ मतदाता छन्। त्यस्तै फिदिम–१ मा ३ हजार ६ सय ७६ र हिलिहाङ– ७ मा २ हजार ६ सय मतदाता छन्।

प्रकाशित: १४ मंसिर २०७६ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App