coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

संविधान संशोधन विरुद्ध एमालेको प्रर्दशन

एमाले बाँकेले आइतबार नेपालगन्जमा गरेको प्रर्दशन ।

नेपालगन्ज–राष्ट्रहित विपरित संविधान संशोधन गर्न लागिएको भन्दै एमाले बाँकेले आइतबार नेपालगन्जमा प्रर्दशन गरेको छ। कार्यान्वयन गर्नुपर्ने बेलामा संविधान संशोधन प्रस्ताव दर्ता गरेर सरकारले गम्भीर गल्ती गरेको भन्दै एमाले कार्यकर्ताले प्रर्दशन गरेका हुन्। नेपालगन्जस्थित एमाले पार्टी कार्यालय पासाङल्हामु मार्गबाट सुरु भएको प्रर्दशन सुर्खेतरोड हुँदै पुष्पलाल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै एमाले बैकल्पिक केन्द्रीय सदस्य एवम् बाँके क्षेत्र नम्वर–२ का सांसद् दिनेशचन्द्र यादवले मुलुक टुक्र्याउने गरी भइरहेको संविधान संशोधन प्रस्ताव मान्य नहुने चेतावनी दिए। उनले भने, ‘संविधान कार्यान्वयन गर्ने बेलामा मुलुक नै टु्क्र्याउने खेल भइरहेको छ, यसलाई हामी कदापी स्वीकार गर्न सक्दैनौं।’

एमालेका पूर्व बैकल्पिक केन्द्रीय सदस्य एवम् क्षेत्र नम्वर ४ का सांसद दलबहादुर सुनारले विवाद नै नभएको प्रदेश नम्वर पाँचका जिल्लालाई अलग गराउन नपाइने बताए। संशोधन प्रस्ताव फिर्ता नलिए सम्म आन्दोलन जारी राख्ने पूर्वराज्यमन्त्री सुनारले चेतावनी दिए। उक्त सभालाई एमाले जिल्ला अध्यक्ष अशोक कोइराला, सचिव रत्न खत्री लगायतले पनि सम्वोधन गरेका थिए।

प्रकाशित: २६ मंसिर २०७३ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App