coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाहाल चीन जाँदै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल छिट्टै चीन जाने भएका छन्। नेपाल–चीन मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दाहालले आफू चाँडै ने चीन भ्रमणमा जान लागेको जानकारी दिए।

चिनियाँ कम्युनिस्ट पार्टीको चाहनाअनुसार आफू त्यहाँ जान लागेको दाहालले बताए। ‘चिनियाँ पक्षले मेरै नेतृत्वमा नेपाली टोली भ्रमणमा आओस् भन्ने चाहना राखेको छ,’ दाहालले भने, ‘त्यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा आइसकेको छ।’

दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फरकफरक सन्दर्भमा आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै उनीसँग एक खालको सम्बन्ध बनिसकेको बताए। उनले चीनसँग आफ्नो जनस्तरको सम्बन्ध पनि बनिसकेको बताए।

उनले आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने विश्वास पनि व्यक्त गरे। चीनसँग नेपालको कुनै समस्या नभएको बताउँदै दाहालले एक चीन नीतिमा नेपाल अडिग रहेको दोहो-याए। उनले जुनसुकै पार्टी शक्तिमा आए पनि एक चीन नीतिमा दायाँ बायाँ नहुने बताए। चीनले पनि नेपाले नीतिमा यहाँका जुनसकै पार्टी सत्तामा पुगे पनि परिवर्तन नगर्ने दाबी गरे।

प्रकाशित: १४ मंसिर २०७६ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App