६ वैशाख २०८१ बिहीबार
खेल

स्वर्ण दाबेदार तुलसा साग छोडर कतारतिर

काठमाडौं - ‘देशका लागि खेल्ने चाहना हुँदाहुँदै म झुट बोल्न बाध्य भएँ। मेरो जीवन सहज पार्न कतार हिडें,’एथ्लेटिक्सकी तुलसा खत्री क्षेत्रीले प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई पठाएको सन्देश हो यो। तुलसा जसले आठौं राष्ट्रिय खेलकुदमा आर्मीबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी थिइन्। उनले ५९.५६ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान पनि बनाएकी थिइन्। त्यसैले उनी आइतबारबाट नेपालमा सुरुहुने १३औं दक्षिण एसियाली खेलकुल(साग) मा पनि तुलसालाई स्वर्ण पदकको प्रबल दाबेदारको रुपमा हेरिएको थियो। तर बिडम्बना तुलसा खत्री क्षेत्री रोजगारीका लागि विदेश पलायन भएकी छिन्।

साग मुखैमा आइरहेको समयमा बन्द प्रशिक्षणमा रहेकी क्षेत्री रोजगारका लागि कतार गएकी हुन। ४ सय मिटर र ४ सय मिटर हर्डल्स तर्फको खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी तुलसा खत्रीले सागलाई वेवास्ता गर्दै वैदेशिक रोजगारका लागि कतार गएकी हुन।

पदकको आशा गरिएकी विभागीय टोली त्रिभुवन आर्मीकी खेलाडी सम्पर्क विहिन भएको  एथ्लेटिक्सका प्रमुख प्रक्षिक चन्द्र बहादुर गुरुङले जानकारी दिए। यस बारे टिम म्यानेजर मोहन घले पनि बेखबर छन्। ‘उनले हामीलाई घरमा पुजा भएकाले जानु पर्ने जानकारी दिएकी थिइन्। होटलबाट पनि पूजाको थालीसहित बाहिर निस्किएकी हुन भन्ने सुन्नमा आएको थियो। अभ्यासमा ढिला हुने जानकारी आएको थियो। तर पछि सम्पर्कमा आइनन्,’ मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङले भने, ‘उनी दुबइ पुलिसमा भर्ती हुन कतार गएको भन्ने जानकारी आएको छ। उनीबाट सागमा पदकको अपेक्षा गरिएको थियो। तर अन्तिम समयमा उनीबाट धोका भएको छ।यो समग्र राज्यका लागि नै धोका हो।’

‘मैले तुलसा खत्री बन्द प्रशिक्षणमा नआइकन कतार गइसकेको भन्ने जानकारी उनको साथीबाट थाहा पाए। सोध पुग्छ गरे पछि उनी यहा नभएको पुष्टि भयो,’ मुख्य प्रशिक्षक गुरुङले थपे, ‘मैले यसबारे लिखित रुपमा राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाट र परिषद् दिइसकेको छ। अनि विभागीय प्रमुखलाई मौखिक जानकारी गराएको छु। उनी बाहिर गइकसकेकी छिन।’

यस्तै अर्की तुलसा श्रेष्ठ पनि दोस्रो बन्द प्रशिक्षणकै क्रममा विना कुनै जानकारी वैदेशिक रोजगारीका लागि गएको मुख्य प्रशिक्षक गुरुङले बताए। तुलसा श्रेष्ठ पनि ४ सय मिटरका सहभागिता जनाउन बन्द प्रशिक्षण रहेकी थिइन। उनले पनि ४ सय मिटरमा सहभागिताका लागि अभ्यास गरेकी थिइन्। उनले दोस्रो बन्द प्रशिक्षण पछि सम्पर्क विहिन बनेकी थिइन्।  खत्री र श्रेष्ठ दुबै विभागीय टोली त्रिभुवन आर्मी क्लबका धावक हुन। सहभागि भएकी खेलाडी खत्रीले अहिले सामाजिक सञ्जाल फेसबुकलाई निस्कृय बनाउँदै सम्पर्क बिहिन बनेकी छिन।

प्रकाशित: १४ मंसिर २०७६ ०१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App