coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अर्घाखाँची दुर्घटनाको कारण पत्ता लगाउन, छानबिन समिति गठन

अर्घाखाँची- सन्धिखर्कको नरपानीमा बुधबार १९ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको छानबिन गर्न समिती गठन भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो।

जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले नरपानीमा बुधबार भएको बस दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिले १५ दिन भित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ।

समितिको सदस्यमा सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, पश्चिम नेपाल यातायात प्राली, देउराली यातायात प्राली र पत्रकार महासंघका एक–एक जना सदस्य रहने छन्। तिव्र गतीका कारण बुधबार बस दुर्घटना भएको प्रारम्भीक अनुसन्धान निकालिएपनि घटनाको बारेमा विस्तृत अनुसन्धान छानबिन समितिले गर्नेछ।

बैठकमा प्रदेश सांसद रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक सहित, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायीका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

 

प्रकाशित: १३ मंसिर २०७६ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App