coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले दुई घर पुरिए, महाकालीलोकमार्ग अवरुद्ध

बैतडी-बैतडीमा पहिरोले दुई घर पुरिएका छन। गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा २ वटा घर पुरिएका हुन। धनीभुल र राजु भुलको घर पुरीएको गोकुलेश्वर प्रहरीचौकीका ईञ्चार्ज भिमबहादुर मल्लले जानकारी दिए। बिहीबार रातीपरेको बर्षापछि आएको पहिरोले घर पुरिँदा अन्नपात, ६ वटा बाख्रा, १ हलगोरु र १ गाई पुरिएको प्रहरीले जनाएको छ।
सोही पहिरोले महाकाली लोकमार्ग सतबाँज–दार्चुला सडक अवरुद्घ भएको छ। माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएपछि यातायातका साधन संचालनहुन सकेका छैनन्। यातायातका साधन बन्द हुदाँ यात्रु अलपत्र परेका छन्। दार्चुलाबाट बाहिरीने र भित्रिने लामो तथा छोटो दुरीका यातायातका साधनबाटोमै रोकिएका छन। सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका यातायातका साधन बाटोमै रोकिएका हुन। लगातारको बर्षाले पहिरो  पन्छाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायवउपरीक्षक मोहन प्रसाद पोखरेलले बताए।

 

प्रकाशित: १७ असार २०७३ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App