८ वैशाख २०८१ शनिबार
खेल

नेपाल दोस्रो सेटमा पनि भारतसंग पराजित

काठमाडौं– १३ औं साग पुरुष भलिबलमा नेपाल भारतसंग दोस्रो सेटमा पनि पराजित भएको छ।

दोस्रो सेटमा २५–१३ ले पराजित भएको हो। पहिलो सेट नेपालले १५–२५ ले खेल गुमाएको थियो। त्रिपुरेश्वरस्थित कवर्डहलमा तस्रो सेटको खेल जारी छ।

नेपाल ‘गर या मर’को अवस्थामा रहेको छ। नेपाल तेस्रो सेटमा पनि पराजित भए १३ औं सागको पुरुष भलिबलबाट बाहिरिने छ।

नेपालले पहिलो खेल बंगलादेशसंग निकै प्रतिस्पर्धात्मक खेल्यो तर जीत दर्ता गर्न सकेन। उक्त खेलको पहिलो सेट २५–२१ ले नेपालले जितेको थियो। तर दोस्रो सेट २३–२५ ले गुमायो। फेरी तेस्रो सेट भने २५–१९ ले नेपालको पक्षमा आएको  थियो। चौथो सेटमा भने नेपाल फेरि गुमायो।

प्रतिस्पर्धात्मक खेलमा नेपाल २४–२६ पोइन्टले पराजित भयो। २–२ को अवस्थामा अन्तिम सेटमा १२–१५ नेपालले खेल गुमाएको थियो। 

यता बंगलादेशलाई २५–१८, २५–१४ र  २५–१५ को सोझो सेटमा पराजित गर्दै भारतले तीन अंक बटुली सकेको छ। उ पनि नेपाललाई जित्दै समूह विजेता बन्ने दाउमा छ।

समुह ‘ए’ मा नेपाल सहित  भारत र बंगलादेश छन्। त्यस्तै समुह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान छन्। 

  

प्रकाशित: १३ मंसिर २०७६ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App