७ वैशाख २०८१ शुक्रबार
खेल

‘गर या मर’ स्थितीमा नेपाली पुरुष भलिबल, भारतसंग प्रतिस्पर्धा सुरु

काठमाडौं– पहिलो खेलमा बंगलादेशसंग पराजित भएको नेपाली पुरुष भलिबल टोलीले अहिले कठिन प्रतिद्वन्द्वी भारतको सामाना गरिरहेको छ।

अघिल्लो चरण प्रवेश गर्नका लागि नेपालले भारतसंग जीत वाहेकको विकल्प छैन।  यसअघि भारतले बिहीवार बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै तीन अंक बटुली सकेको छ।

१३औं सागमा नेपाल भने आज कठिन अवस्थामा छ। भारतसंग पराजित भए नेपाली पुरुष भलिबलको यात्रा १३ औं सागका लागि यही सकिने छ। 

नेपालले पहिलो खेल बंगलादेशसंग निकै प्रतिस्पर्धात्मक खेल्यो तर जीत दर्ता गर्न सकेन। उक्त खेलको पहिलो सेट २५–२१ ले नेपालले जितेको थियो। तर दोस्रो सेट २३–२५ ले गुमायो। फेरी तेस्रो सेट भने २५–१९ ले नेपालको पक्षमा आएको  थियो। चौथो सेटमा भने नेपाल फेरि गुमायो।

प्रतिस्पर्धात्मक खेलमा नेपाल २४–२६ पोइन्टले पराजित भयो। २–२ को अवस्थामा अन्तिम सेटमा १२–१५ नेपालले खेल गुमाएको थियो। 

यता बंगलादेशलाई २५–१८, २५–१४ र  २५–१५ को सोझो सेटमा पराजित गर्दै भारतले तीन अंक बटुली सकेको छ। उ पनि नेपाललाई जित्दै समूह विजेता बन्ने दाउमा छ।

समुह ‘ए’ मा नेपाल सहित  भारत र बंगलादेश छन्। त्यस्तै समुह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान छन्। 

प्रकाशित: १३ मंसिर २०७६ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App