coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन बर्ष वित्यो, भेटिएनन् चन्दननाथका मूर्ति

जुम्ला स्थित चन्दननाथ मन्दिर : नागरिक

जुम्ला- कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिरका चोरीएका मूर्ति तीन वितिसक्दा पनि भेटिएका छैनन्। केन्द्रीय अनुसन्धान ब्युरोले मन्दिरको मूर्ति चोरी घटनाको अनुसन्धानको जिम्मेवारी लिएको थियो। अहिले सम्म अनुसन्धान प्रतिवेदन सार्वजनिक हुन सकेको छैन्। न मूर्ति चोर पत्ता लागेका छन्, नत मूर्ति भेटिएका छन्, स्थानीय जगतबहादुर खत्रीले भने,‘अनुसन्धान भन्दै समय गुज्रिएको छ। जुम्लाबासीलाई गुम्रहामा पार्न खोजिएको छै। यो ठिक भएन।’

जिल्ला प्रशासन नजिकै रहेको मन्दिरबाट २०७१ मंसिर ११ गते राति २१ वटा मूर्ति चोरीएका थिए। मूर्ति चोरी अनुसन्धानका लागि कुकुरदेखि केन्द्रीय अनुसन्धान ब्युरोको टोली जुम्ला पुगे। तर परिणाम अझै निस्कन सकेको छैन्। उनले भने,‘ जुम्लाबासीलाई मूर्ति अनुसन्धानमा प्रभावकारीता नहुनुको कारण स्पष्ट पार्नु पर्छ। कि चोर पत्ता लगाएर मूर्ति फिर्ता गरिनुपर्छ। ’ अहिले सम्म चन्दननाथको मुख्य दत्रातयको मूर्ति, ६०१ साल लेखिएको सरस्वतीमो मूर्ति लगायत ७ वटा मूर्ति भेटिएका छैनन्।  चोरी भएको  दाहिने शंख पनि भेटिएका छैनन्। चोरी भएका २१ मूर्तिमा १४  निकै कम महत्वका मूर्ति मात्र भेटिए पनि पुराना मूर्ति भेटिएका छैनन्। प्रहरीलाई सोध्दा अनुसन्धान भइरहेको बताउँछ।

मूर्ति चोरमा संलग्न भएको आरोपमा चन्दननाथ नगरपालिका २ का जयकृष्ण आचार्य र मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीलाई दुइ बर्ष कैद सजाय तोकिएकोमा उनीहरु दुबै जना जेलमुक्त भइसकेका छन्। तर मूर्ति फेला परेनन्। मूर्ति चोरी भएको झण्डै एक महिनासम्म जुम्लामा आन्दोलन चर्कियो। दैनिक घेराउ, जुलुस,भइरहे। तर अनुसन्धानको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिएपछि शान्त भएको थियो।

तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल सहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्ति चोरीबारे अनुसन्धान गरेको थियो। तर अहिलेसम्म पनि अनुसन्धानको नतिजा आइसकेको छैन। जिल्ला प्रहरी प्रमुख लालवहादुर धामीले मूर्ति नभेटिएसम्म अनुसन्धान जारी रहने बताउँछन्। उनले भने,‘अनुसन्धान चलिरहेको छ। मूर्ति जब सम्म भेटिदैनन्, तब सम्म अनुसन्धान जारी नै रहन्छ। ’ अनुसन्धानका नाममा ढिलासुस्ती भइरहेको छ। ढिला अनुसन्धान गरेर चोरलाइ उम्काउन लागि रहेको आरोप स्थानीयको छ।  मन्दिरबाट चोरी भएका मूर्तिमध्ये गुठीचौर गाउँपालिकाको देपालगाउँस्थित रोकायावाडा र वडारासडाको बीच बाटोमा १४ वटा मूर्ति र दुई शंख बेवारिसे अवस्थामा फेला परेका थिए।

मूर्ति खोज्न सिआइबीदेखि धार्मिक विधि समेत अपनाइएको थियो।  चन्दननाथ भैरवनाथ गुठि समिती जुम्लाका अध्यक्ष कृष्णवहादुर रोकाया प्रशिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिै खोजी कार्य जारी रहेको  बताउँछन्। नेपालको जुन सुकै कुनामा गएपनि चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति फर्केरै आउने दाबी उनको छ।

मूर्ति चोरी भएपनि केन्द्रीय सरकारले पर्यटन बर्ष २०२० लागि चन्दननाथ मन्दिरलाई पर्यटकीय गन्तब्य भित्र सुचिकृत नगरेको आरोप जुम्लाबासीको छ। तर कर्णाली प्रदेश सरकारका ४० पर्यटकीय गन्तव्य सूची भित्र यो मन्दिर परेको छ।

 

 

प्रकाशित: १३ मंसिर २०७६ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App