सशस्त्र सङ्घर्षका घाइतेसँग प्रधानमन्त्रीले मनाए ६३औँ जन्मदिन

आइतबार, २६ मङि्सर २०७३, १३ : २२ नागरिक

रमेश लम्साल

काठमाडौँ-“तपाईंँलाई जन्मदिनको शुभकामना छ प्रधानमन्त्रीज्यू, संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनुहोस्, तपाईंको साथमा हामी छौँ”, प्रधानमन्त्री निवास बालुवाटारमा एकाबिहानै कालीकोटका सर्जन विकले प्रधानमन्त्री पुष्पकमल दाहाल’लाई शुभकामना दिए।

घाइते शरीर घिसार्दै प्रधानमन्त्री निवास बालुवाटार  पुगेका  विकलाई देख्नेबित्तिकै प्रधानमन्त्रीले साेधे-“सर्जन कमरेड कस्तो छ अवस्था ?” प्रधानमन्त्रीको प्रश्नलगत्तै कम्मरमुनिको भाग नचल्ने विकले भने, ‘‘जनयुद्धका घाइतेले हालसम्म राहत पाएका छैनन् । त्यसमा पहल गरिदिनुप¥यो । मुख्य विषय मुलुकलाई निकास दिने भएकाले त्यसमा लाग्नुहुन मेरो विशेष अनुरोध छ ।”

प्रधानमन्त्री दाहालको जन्म २०११ साल मङ्सिर २६ कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । उनी मुक्तिराम र आमा भवानी दाहालका जेठा छोरा हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल व्यवस्थापिका–संसद्बाट गत साउन १९ गते तीन सय ६३ सदस्यको बहुमतप्राप्त गरी नेपालको ३९औँ प्रधानमन्त्री भएका हुन्। यो उनको दोस्रो कार्यकाल हो

विक २०६२ साल फाुगुनमा बुटवलमा भएको भिडन्तमा परेर घाइते भएका थिए। उनको शरीरको आधाभन्दा बढी भाग चल्दैन । घाइते योद्धालाई भेटेर प्रधानमन्त्री एक छिन भावुक भए र जन्मदिनको शुभकामना दिएकामा बधाई ज्ञापन गर्दै घाइते, बेपत्ता योद्धा र सहिद नै आफ्नो प्रेरणाको स्रोत भएको बताए। “प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन बालुवाटार गएका थियौँ, उहाँ मुलुकको समस्या समाधान गर्न चिन्तित रहेको पायौँ”, घाइते विकले भने, “त्यसका अलावा आफ्ना मागका बारेमा समेत जानकारी गरायौँ ।”

विकको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यसमध्ये अधिकांश ‘जनयुद्ध’का घाइते थिए। ‘‘प्रधानमन्त्रीले आजको दैनिकी जनयुद्धका घाइतेलाई भेटेर सुरु गर्नुभयो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।

“पार्टीको सम्पत्ति भनेकै घाइते, बेपत्ता र सहिद परिवार नै हुन्, पार्टीलाई सुखदुःखमा साथ दिने योद्धा पनि तपाईं नै हो भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे। जन्मदिनको शुभकामना दिएकामा विक लगायत नेता तथा कार्यकर्तालाई बधाई पनि दिनुभयो”, प्रेस सल्लाहकार आचार्यले भने।

जन्मदिनको शुभकामना दिने अधिकांश कार्यकर्ताले संविधानको सफल कार्यान्वयन गर्न, मुलुकलाई समाधान दिन र स्थानीय निकायको निर्वाचनमा ध्यान दिन आग्रह गरेका थिए । त्यसका अलावा ‘जनयुद्ध’का घाइते, बेपत्ता र सहिद परिवारलाई उचित राहत दिनसमेत कार्यकर्ताले आग्रह गरेका थिए ।

सरकारले सशस्त्र सङ्घर्षका क्रममा ज्यान गुमाएका सहिद र बेपत्ता परिवारलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर दिने प्रक्रिया सुरु गरेको छ । प्रधानमन्त्रीले माथिल्लो तामाकोसी आयोजनाको स्थलगत निरीक्षणका क्रममा समेत सो धारणा सार्वजनिक गरेका थिए।

यस्तै प्रधानमन्त्री दाहालका ‘राजनीतिक गुरु’ मोहन वैद्यले पनि प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिए। प्रधानमन्त्री दाहाललाई भेटन प्रधानमन्त्री निवास बालुवाटार पगेका  नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष वैद्यले मुलुकलाई समाधान दिनसमेत आग्रह गरेका थिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad