८ वैशाख २०८१ शनिबार
राजनीति

विदेश भ्रमणबाट स्वदेश फर्किए पराष्ट्रमन्त्री ज्ञवाली

फाइल फोटाे

काठमाडौं- रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किएका छन्। मन्त्री ज्ञवाली शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थल आइपुगेका हुन्।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए। त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको जानकारी समेत दिए।

मन्त्री ज्ञवालीले दुई पच्छीय सम्बन्धलाई निवकरण गर्दै व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारीसमेत दिए। त्यस्तै  संघाही कोअपरेसन अर्जनाइजेसनको पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न आग्रह गरेकोसमेत उनले बताए। उनले रुससँग विपद्का बेला उद्धारका लागि चाहिने र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको छलफल भएको समेत जानकारी दिए।

परराष्ट्रमन्त्री ज्ञवालीले सर्भियाको औपचारीक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिए। सर्भियासँगको सम्बन्धको ६० औं वार्षिकोत्सवको अवसर पारेर त्यहाँको कुनै एक सडकको नामाकरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट राख्न सर्भिया सकारात्मक रहेको समेत जानकारी दिए। परराष्ट्र मन्त्री रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका लािग गत शनिबार रुसको राजधानी मस्को प्रस्थान गरेका थिए। उनले मंसिर ८ गतेदेखि ११ गतेसम्म रुसको र ११ देखि १२ गतेसम्म सर्भियाको भ्रमण गरेका हुन्।

प्रकाशित: १३ मंसिर २०७६ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App