८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दलाई लामा भ्रमण गरेको निहुँमा चीनद्वारा मंगोलियामा नाकाबन्दी

मंगोलिया–मंगोलियाले चीनले आफ्नो देशमाथि नाकाबन्दी गरेको जनाएको छ । दलाई लामाले एक हप्ता अघि मात्र मंगोलियाको भ्रमण गरेका थिए । चीनले अकस्मात गरेको नाकाबन्दीमा यही मुख्य कारण मानिएको छ ।

प्रत्यक्षदर्शीले रियो टिन्टोमा हजारौं ट्रक रोकिएको बताएका छन् । दक्षिणक्षेत्रमा पर्ने सो नाकामा जाडो धेरै रहेको र ट्रक चालकहरु जाडोले कठयाङिग्ररहेको बताइएको छ ।
सार्वजनिक भएका फुटेजमा बोर्डर पार गर्न लाममा रहेका थुप्रै सवारी साधनहरु देखिएको छ ।

‘बोर्डरमा रातको समयमा जाडो २० डिग्रिसम्म पुग्छ र यस्तोमा चालकहरु केही घन्टा तथा केही दिन यता कुरिरहेको छन् । उनीहरुलाई एकदमै गाह्रो भएको छ,’ अल जजिरा संवाददाताले बेइजिङबाट भनेका छन् ।

चीन र मंगोलियालाई जोड्ने रियो टिन्टो तामा तथा सुनखानीका लागि चर्चित छ । मंगोलियाले गत हप्तामात्र तिब्बती आध्यात्मिक नेता दलाई लामालाई आफ्नो देशमा स्वागत गरेको छ । तर चीनले मंगोलियाको यो स्वागतमा उसले ‘स्वतन्त्र तिब्बत’को मागलाई समर्थन गरेको हिसाबमा बुझेको छ ।

बेइजिङले सन् १९५९ यता दलाई लामालाई कुटनीतिक रुपमा बहिष्कार गर्दै आएको छ । सोही मितिदेखि दलाई लामा भारत निर्वासनमा रहँदै आएका थिए र त्यहीँ रहेर स्वतन्त्र तिब्बतको मागलाई विश्वभर उठाउँदै आएका थिए । दलाई लामा स्वयंले भने सन् २०११ देखि राजनीति त्यागेका छन् ।

गत महिनामात्र चीनले खाद्य सामाग्रीको ढुवानीमा लाग्ने साविकको भाडादरमा वृद्धि गरेको थिए । केहीले बोर्डरमा रोकिएका सवारी साधन यसैको प्रभावका कारण हो कि भन्ने अनुमान गरेका छन् तर चीनिया विदेशमन्त्रीका प्रवक्ताले आफूलाई यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले बोर्डरमा सवारी साधन रोकिएको सम्बन्धमा पनि आफूलाई केही जानकारी नभएको बताएका छन् ।

चीनको यो नाकाबन्दीले आर्थिक समस्याबाट जुधिरहेको मंगोलियाले धक्का पुग्ने बताएको छ । यसले चीनले खानीका क्षेत्रमा चीनले गर्न लागेको लगानीलाई पनि प्रभावित पार्ने अनुमान गरिएको छ । मंगोलियाले हालैका दिनमा पनि आर्थिक समस्यासँग जुध्न चीनसँग ऋण सम्झौता गर्न खोजेको पनि अलजजिरा संवाददाताले बताएका छन् ।
उनले भनेका छन् ,‘यदि चीनले साँच्चिकै नाकाबन्दी गरेको हो भने धार्मिक स्वतन्त्रताका लागि उसले गरेको दलाई लामाको स्वागत मंगोलियन जनताको पेटमा गएर बजारिएको छ ।’

प्रकाशित: २६ मंसिर २०७३ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App