coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जित्नै पर्ने दबावका साथ नेपाल भारतसँग भिँड्दै

फाइल तस्बिर

काठमाडौं - पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाली पुरुष भलिबल टोलीले आज कठिन प्रतिद्वन्द्वी भारतको सामाना गर्दैछ। अघिल्लो चरण प्रवेशका लागि नेपाललाई बेलुका ५ हुने खेल जित्नै पर्ने दबाव छ। यसअघि पहिलो खेलमा भारतले बिहीवार माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपालमा आयोजना भएको १३औं सागमा विजयी सुरुआत गरेको थियो।

माल्दिभ्सविरुद्ध हावी भएको भारतले ३–० को सोझो सेटमा पराजित गरेको थियो। पुरुषतर्फ आजै दोस्रो खेल श्रीलंका र माल्दिभ्स बीच हुनेछ। प्रतियोगितामा आजै महिलातर्फ पनि दुई खेल हुँदैछन्। पहिलो खेलमा भारतले बंगलादेशको सामाना गर्दा दोस्रो खेल श्रीलंका र माल्दिभ्सबीच हुने छ।

समूह बी मा रहेका श्रीलंका र माल्दिभ्स एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् भने आजको खेलले समूह विजेतको टुङ्गो लाग्नेछ। पाकिस्तानले सहभागिता नजाएपछि दुबै टोलीले वाकओभर पाउँदै अघिल्लो चरणमा स्थान बनाउन सफल भएका हुन्।

प्रकाशित: १३ मंसिर २०७६ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App