जङ्गली हात्तीको आक्रमणमा वनका चौकीदारको मृत्यु

शुक्रबार, १३ मङि्सर २०७६, १२ : ४५ नागरिक

भद्रपुर- जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ।

झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका बेला जङ्गली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीय जलथल जङ्गलबाट हात्ती गाउँतिर नपसोस् भनेर गरिएको विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई गए राति ७ बजे हात्तीले आक्रमण गरेको थियो।

मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पुर्‍याएपछि स्थानीयवासीले घटना थाहा पाएका थिए। मृतकलाई घेरेर बसेको हात्तीलाई तत्कालै डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट परिचालित सुरक्षाकर्मीले जङ्गलतिर लखेटेको थियो। शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको छ।

झापामा दुई दिन अघि प्रगति सामुदायिक वनमा लुकेर बसेको जङ्गली हात्तीले मेचीनगर–१२ का १९ वर्षीय सुशील गजमेरलाई सडकमा हिँडिरहेका बेला आक्रमण गरी सख्त घाइते बनाएको थियो। सो आक्रमणमा चार वटा करङ भाँचिएका गजमेरको चारआलीस्थित मनकामना हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।






यसमा तपाईको मत

अन्य समाचार

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

२०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा...

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमले एउटा विशिष्ट च्यानल राइम्स मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । ...

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्ट प्रा. लीले आफ्नो  उपभोक्ता वर्गको लागि बिगत दुई महिना अघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका...

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

Ncell Footer Ad