coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बुल्गेरियामा ग्यास बोकेका रेल विस्फोटमा पाँचको मृत्यु

सोफिया (बुल्गेरिया)-बुल्गेरियाको हिट्रिनो रेल स्टेसनमा ग्यास लिएर आएको एक रेल ट्र्याक बाहिर गएपछि दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ ।

ग्याससहितको रेल दुर्घटना भएपछि ग्यास विस्फोट भएको र विस्फोटमा घटनास्थलमै चारजनाको मृत्यु भएको थियो भने घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।

विस्फोटका कारण २७ जना घाइते भएका र ५० निजी घर तथा केही सार्वजनिक भवनमा समेत क्षति पुगेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुर्घटनापछि थप मानिस प्रभावित नबनुन् भनी स्थानीय ४० घरलाई खाली गरिएको छ । घटनाबारे अनुसन्धान सुरु भएको जनाइएको छ । रासस-सिन्ह्वा

प्रकाशित: २६ मंसिर २०७३ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App