७ वैशाख २०८१ शुक्रबार
समाज

थवाङमा कडा सुरक्षा व्यवस्था

तस्बिरः थबाङ गाउँ।

रोल्पा - शुक्रबार रोल्पाको थवाङमा वडाध्यक्ष पदका लागि हुने उपनिर्वााचनको सम्पूर्ण तयारी सकिएको छ। मुख्य निर्वाचन कार्यालयले सबै तयारी पुरा भएको जनाएको छ। ‘सबै तयारी सकिएको छ। आज सर्र्वदलीय बैठक हुन्छ। बुथ निर्माण पनि आजै हुन्छ।’ जिल्ला न्यायधिश तथा मुख्य निर्वाचन अधिकृत रमेश प्रशाद ज्ञवालीले भने ‘हामी मतदानको प्रतिक्षामा छौ।’ उनका अनुसार सुरक्षा व्यवस्था पनि चुस्त दुरुस्त छ।

एक हजार दुई सय ७४ मतदाता भएको यहाँ जनचक्छु प्रावि क र ख गरी दुईवटा केन्द्र रहेको छ। सुरक्षाका हिसावले अलि बढी संवेदनशिल मानिएको थवाङको निर्वाचनका लागि बिषेश सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाल भन्छन ‘सुरक्षा व्यवस्था मिलाएका छौ। यहाँ कुनै समस्या छैन। मतदाता ढुक्कले मतदानमा सहभागी हुन सक्छन।’

यतिबेला थबाङमा तीन तहका सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँ र मतदान स्थलको सुरक्षा दिइरहेका छन्। सुरक्षा अधिकारीका अनुसार गुप्तचर र सादा पोषाकका प्रहरी पनि परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार ‘नेपाली सेना बाहिर अनि सशस्त्र प्रहरी र भित्रि घेरामा नेपाल प्रहरी रहेको छ।’

सुरक्षा सम्वेनशिलतालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहित नेपाल प्रहरीका रोल्पा प्रमुख डिएसपी चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरीका डिएसपी कर्णबहादुर बुढा र अनुसन्धान प्रमुख लक्ष्मण चौधरी समेतको टोली पनि थबाङ तिर हिडेको छ।

विप्लव नेतृत्वको नेकपाको बाहुल्यता रहेको थवाङमा यसपटक चुनाबी माहोल सुनसान रह्यो। यहाँ आमशभा, कोणशभा वा जुलुस केहि पनि गरिएन। उमेद्वारले घरमा पुगेर मत मागे पनि चहल पहल केहि भएन। ‘घरमा गएर भोट मागे तर राजनीतिक गतिविधि भएन।’ एक सुरक्षा अधिकारीले भने ‘उमेद्वार अपहरणदेखि बिस्फोटसम्मको सम्भावना थियो तर आजसम्म केहि भएको छैन।’

थबाङको चुनाव नजिकबाट नियालेका एक अधिकारीका अनुसार यसपटक यहाँ एकदमै कम मतदान हुने देखिएको छ। उनका अनुसार विप्लवहरु शुन्य मतदान गराउन त सफल हुदैनन् तर पनि न्युन मतदान हुने देखिएको छ। थबाङमा नेकपा र नेपाली कांग्रेसका उमेद्वारले उमेद्वारी दिएर चुनावी मैदानमा आएका छन्।

प्रकाशित: १३ मंसिर २०७६ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App