काठमाडौं – जमलस्थिल राष्ट्रिय नाचघरमा नवौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव सुरु भएको छ। बुधबारलदेखि सुरु भएको महोत्सवमा लोकसंगीतसम्बन्धी फिल्महरु प्रदर्शन भइरहेका छन्।
चार दिने महोत्सवमा सुदूरपश्चिमको सांगीतिक प्रस्तुतिसहित १२ देशका १५ वटा सर्ट फिल्महरु प्रदर्शन भइरहेका आयोजकले जानकारी गराएको थियो। महोत्सवको आयोजना नेपाली लोकबाजा संग्रहालयले गरिरहेको छ। नेपाली लोकसंगीत र फिल्ममार्फत् जनचेतना फैलाउन महोत्सवको आयोजना गरिएको जानकारी नेपाली लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कंडेलले गराए। ‘लोकसंगीत, नाच र बाजाको जगेर्ना गर्न महोत्सवको आयोजना गरिएको हो। लोकसंगीतमा सक्रिय स्रष्टाहरुलाई महोत्सवमा सहभागी गराएर युवा पुस्तालाई यसप्रति जानकारी गराउन लागिपरेका छौं,’ उनले भने,‘परम्परागत लोकसंगीतलाई नयाँ पुस्ताले बुझ्नु आवश्यक रहेको छ।’
महोत्सवमा नेपाली कलाकारहरुले परम्परागत लोकसंगीतलाई प्राथमिकता दिएका थिए। उनीहरुले लोप हुने अवस्थामा रहेको विभिन्न धुन र बाजाहरुबारे जानकारी गराएका थिए। त्यसबाहेक सुदूरपश्चिमका महिला कलाकारहरुले न्वारन, व्रतवन्ध र विवाहजस्ता शुभ कार्यमा बजाइने मंगल धुन र गीत प्रस्तुत गरेका थिए।
महोत्सवमा नेपालसहित भारत, चीन, अमेरिका, जापान, नेदरल्याण्ड, बेलायत, क्यानडा र श्रीलंका लगायत देशका लोकसंगीतसम्बन्धित निर्माण भएका सर्ट फिल्म र डकुमेन्ट्री प्रदर्शन भइरहेका छन्।
लोक संस्कृतिको संरक्षणमा लागि परेका कुमार रञ्जितले लाखे नाचको विकास र महत्वबारे जानकारी गराउँदै यसलाई व्यवसायिक रुपमा अघि बढाउने पर्ने बताए। ‘लाखे नाचको संरक्षणको निम्ति यसलाई व्यवसायिक बनाउनु आवश्यक रहेको छ। यसको सुरुवात मनोरञ्जनबाट भएपनि दानवबाट मानवीकरण हुने भएकाले महत्वपूर्ण मानिन्छ ,’उनले भने, ‘नेपालको मौलिक अन्य नाच लोपोन्मुख हुँदै गएपनि लाखे नाच अन्तर्राष्ट्रियस्तरमा सबैले रुचाएको हुँदा यसमा युवा पुस्तालाई सहभागी गराउनुपर्छ।’ हाल लाखे नाच नेपालसहित जापान र अस्ट्रेलिया लगायत देशमा मुखुटा र जामा लगाएर नाचिने दाबी उनले गरे।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
यसमा तपाईको मत