८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

डोनाल्डको जितमा रुसको हात ?

वाशिङटन–डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हात पारेको विषयमा अमेरिकी गुप्तचर विभाग (सिआइए)ले  महत्वपूर्ण  खुलासा गरेको छ । सिआइएको एक रिपोर्टमा  अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरी डोनाल्ड ट्रम्पले चुनाव जितेको दाबी गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।
दि न्युयोर्क टाइम्सले समाचार प्रकाशित गर्दै अमेरिकी चाँज अधिकारी चुनावी  परिणाम बदल्नमा रुसको हात रहेको कुरामा विश्वस्त रहेको दाबी गरेको छ ।

सो रिपोर्टका अनुसार रुसले नै हिलारी क्लिन्टन तथा जोन पोडेस्टाको इमेल ह्याक गराएको हिरालीको इमले ह्याक भएपछि त्यसको फाइदा ट्रम्पले लिएर चुनाव जितेका हुन् । हिलारीको इमेल चुनावको अन्तिम महिनामा लिक भएका थिए । सो काण्डपछि ट्रम्प र हिलारीको जिजहारको प्रतिशत कम भएको थियो ।
साइबर सुरक्षा विज्ञ र इन्टेलिजेन्स अफिशियस्लसले इमेल ह्याकिङ काण्डमा रुसको हात रहेको उल्लेख गरेका छन् ।  

तर, ट्रम्पको टिमले भने सिआइएको रिपोर्टलाई गलत भन्दै अस्विकार गरेको छ ।  ट्रम्पको टिमले चुनाव जितेको धेरै समय भइसकेकाले यस्ता गलत रिर्पोटको कुनै अर्थ नहुने बताएको छ । ‘यो रिपोर्ट तिनै मासिहरुले बनाएका हुन, जसले सद्दाम हुसेनसँग विनाशकारी हतियार भएको दाबी गरेका थिए,’ ट्रम्पको सचिवालयले भनेको छ ।  ट्रम्पको टिमले ट्रम्पले चुनाव जितेको धेरै समय भइसकेको र यस्ता फजुलका कुरामा लाग्नभन्दा  अमेरिकालाई महान बनाउन लागी पर्न आग्रह गरेको छ ।

यसैबीच ह्वाइट हाउसको डेपुटी प्रेस सचिव एरिक सुल्जले इमेल ह्याक काण्डलाई गम्भीर भएको बताएका छन् । ‘चुनाव अभियानमा रुसी हस्तक्षेपको विषयलाई लिएर संसदले बारम्बार जवाफ मागेको छ,’ उनले भने । सो विषयप्रति चासो राख्दै राष्ट्रपति बराक ओबामाले सो विषयको  समीक्षा गर्न आदेश दिएका छन् । ओबामाको २० जनवरीमा आफ्नो कार्यकाल पूरा हुँदैछ । त्यसपछि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्ने छन् । यसअघि सिआइए प्रमुख जोन ब्रेन्नले बिबिसीलाई दिएको एक अन्तर्वातामा  रुसले ट्रम्पलाई होसियार रहन सल्लाह दिएको दाबी गरेका थिए ।

प्रकाशित: २६ मंसिर २०७३ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App