coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अलेप्पोबाट भागेका सयौँ नागरिक वेपत्ता

जेनेभा–संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी अलेप्पोमा यहाँको सेनाद्वारा इस्लामिक स्टेट (आईएस) विरुद्ध कारबाहीलाई कडा पारेपछि विद्रोही नियन्त्रित उक्त क्षेत्रबाट भागेर अन्यत्र जाने क्रममा सयौँ सर्वसाधारण बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ बेपत्ता उनीहरूलाई स्थानीय हतियारधारी समूहले नियन्त्रणमा लिएको भनी समाचारहरू प्राप्त भएका छन् । यद्यपि यी सूचनाको सेना तथा विद्रोही दुवै पक्षबाट पुष्टि भएको छैन ।

‘यो खतरानाक एवम् तरल अवस्थामा यसै भयो भनी वास्तविकता बाहिर ल्याउन सहज छैन । हामीलाई प्राप्त जानकारी अनुसार सरकार नियन्त्रित क्षेत्रमा गएपछि सयौँ मानिस बेपत्ता भएको भन्ने चिन्ताजक खबर प्राप्त भएका छन्’ संयुक्त राष्ट्रसङ्घको मानवअधिकार मामिला हेर्ने कार्यालयका प्रवक्ता रूपर्ट कोलभिलले जेनेभामा सञ्चारकर्मीलाई बताए  ।

बेपत्ता भएका नागरिकहरू ३० देखि ५० वर्ष उमेर समूहका मानिस भएको बताइएको छ । बेपत्ताका आफन्तजनले उनीहरूसँग अलेप्पोको पश्चिमी (सरकार नियन्त्रित) क्षेत्रमा हप्तादेखि दश दिन अघिसम्म सम्पर्क भएको बताएका छन् ।

राष्ट्रसङ्घलाई सरकारी हतियारधारी समूहले उनीहरूलाई लगेको र स्वेच्छाचारी रूपमा  थुनामा राखिएको, यातना दिइएको र बेपत्ता पारिएको भन्ने सूचना प्राप्त भएको छ र यस विषयमा राष्ट्रसङ्घ गहिरो चिन्ता व्यक्त गर्दछ, प्रवक्ता कोलभिलले भनेका छन्  ।

यसैबीच सिरियाली सेनाले विद्रोहीद्वारा सन् २०१२ देखि नियन्त्रणमा लिएर आफ्ना गतिविधि सञ्चालन गर्न सुरक्षित आश्रयस्थल बनाउँदै आएको प्राचीन सहर अलेप्पोको ८५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको जनाएको छ ।

अलेप्पोको विद्रोही नियन्त्रित भूभागमा सिरियाको बसर अल असद प्रशासनका प्रमुख सहयोगी रसियाले मानवीय सहायताका लागि हवाई आक्रमण तथा स्थल आक्रमणलाई रोकेको बताइरहेका बेला शुक्रबार विद्रोहीविरुद्ध व्यापक मात्रामा हवाई आक्रमण भएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । सिरियाली मानवअधिकारवादी संस्थाले जनाएअनुसार पूर्वी अलेप्पोबाट ठूलो मात्रामा सर्वसाधारण घर छोडेर भागेका र यसरी घर छोडी भाग्ने जनसंख्या ८० हजारभन्दा बढी भएको दाबी गरेको छ ।

सरकारले पछिल्लो कारबाही सञ्चालन गर्नुपूर्व अलेप्पोमा दुई लाख ५० हजार मानिस रहेको तथ्यांक भएपनि हाल विद्रोही नियन्त्रित इलाकामा कति मानिस छन् भन्ने एकिन संख्या बाहिर आउन सकेको छैन ।

यसैबीच सिरियाली सेनाले आक्रमण सुस्त बनाएको जानकारी दिएको छ । युद्धका कारण लाखौं मानिस अलपत्र परिरहेको समाचार आएपछि फसेका मानिसको उद्धारका लागि युद्ध रोकिएको सरकारले जनाएको छ । यसले ८ हजार मानिसको उद्धार हुन सक्ने बताइएको छ ।

प्रकाशित: २६ मंसिर २०७३ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App