दिक्तेल–आहाले सडकको काम सुस्त

शुक्रबार, १३ मङि्सर २०७६, ०९ : २२ नागरिक

खोटाङ – दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम सुस्त देखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार लागतमा पूरा गर्नेगरी सुरु गरिएको १०.७९ किलोमिटर लामो सडकमा कालोपत्रेको काम सुस्त देखिएको हो।

२०७५ मंसिर १ गते शिलान्यास भएको उक्त सडकको काम गत असारसम्ममा करिब २५ प्रतिशत मात्र प्रगति देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताए।

दिक्तेलको अस्पताल चोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम १८ महिनाभित्र पूरा गर्नेगरी याक्तुहाङ साप सिरुवा जेभीले २०७५ साल असोज १ गते ठेक्का लिएको थियो। सुरुका दिनमा सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढाइएको भए पनि पछिल्लो समय निर्माणको काममा ढिलासुस्ती देखिएको प्रमुख उपाध्यायले बताए। सम्झौताअनुसार २०७६ चैत ७ गतेसम्ममा सडक कालोपत्रेको काम पूरा गर्नुपर्ने हुन्छ। तर निर्माण कम्पनीले असारयता काम गर्न नसकेको कार्यालयले जनाएको छ। ‘सडक कालोपत्रेमा भइरहेको ढिलासुस्ती यस कार्यालयका लागि सबैभन्दा चिन्ताको विषय बनेको छ,’ उपाध्ययले भने, ‘विगतमा सडकको प्रगति राम्रो थियो तर हाल धिमा गतिमा अघि बढेको छ।’

सम्झौताअनुसार २०७६ चैत ७ गतेसम्ममा सडक कालोपत्रेको काम पूरा गर्नुपर्ने हुन्छ। तर निर्माण कम्पनीले असारयता काम गर्न नसकेको सरकारी अधिकारीले बताएका छन्।

सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौलागाईंलाई दिक्तेलमा बोलाएर गत कात्तिक ५ गते आयोजना गरिएको बैठकमा उनले मंसिरसम्ममा प्रगति देखाउने प्रतिबद्धता गरेका थिए। तर प्रतिबद्धताअनुसारको काम नभएको कार्यालयले जनाएको छ। निर्माण कम्पनीले नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी, साइड ड्रेनसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ मिटर भाग पिच गर्नेगरी ठेक्का लिएको हो।

याक्तुहाङ साप सिरुवा जेभीका निर्देशक कल्याण दाहालले भने सडक कालोपत्रेको काम भइरहेको बताए। ‘अहिले पनि काम भइरहेको छ। निर्माणस्थलमा ३०/४० जना कामदार छन्। बालुवा, मेसिन ल्याइसकिएको छ,’ दाहालले भने, ‘अब कामले तीव्रता लिन्छ। तोकिएको समयमा सडक कालोपत्रे गरेर जिम्मा लगाउँछु।’

दिक्तेल नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने दिक्तेल–रेग्मीटार सडक दिक्तेल र उदयपुरको गाईघाट जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने दाबी गरिएको छ। हाल सञ्चालनमा रहेको दिक्तेल–फोक्सिङटारभन्दा छोटो हुने भएकाले भविष्यमा दिक्तेल–रेग्मीटार सडक पूर्वी तराई जानआउनग बढी प्रयोग हुने जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए। सडकले मनमाया राई खानीडाँडा विमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट विमानस्थल आवत–जावत गर्न पनि सहज हुनेछ।








यसमा तपाईको मत

अन्य समाचार

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad