८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा दुईको मृत्यु

बनेपा-काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

दमकबाट सिन्धुली हुँदै काठमाडौँ गइरहेको मे१ज २१९१ नंको टाटासुमोलाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख ३५५६ नंको टिपरले ठक्कर दिँदा सुमो खेतमा पल्टिएको थियो । प्रहरीका अनुसार टिपर चालक फरार छन् भने टिपर नियन्त्रणमा लिइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनामा घाइते भएका अन्य नौजनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित: २६ मंसिर २०७३ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App