८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दिल्लीको हावाको गुणस्तरमा सुधार

नयाँ दिल्ली – भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तरमा सुधार भएको छ। केही दिन अघिभन्दा अहिलेको वायुको गुणस्तरमा सुधार भएपछि दिल्ली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहतको अनुुभूति भएको भारतीय अधिकारीले बताएका छन्।

‘अहिले ‘भिजिबिलिटी’को अवस्थामा निकै सुधार आएको छ। गत दुई तीन दिन अगाडिभन्दा अहिलेको हावाको गति पनि बढेको छ,’ एक अधिकारीले भने। ‘मैले पहिला पहिला श्वासप्रश्वासमा कठिनाई महसुस गरेको हुन्थें तर अहिले त्यो कम भएको महसुस गरेको छु। अहिले म नियमित हिँड्न सक्ने पनि भएको छु,’ स्थानीय बासिन्दा रित्वीकले बताए।

अर्का स्थानीय व्यक्ति अनुरागले पनि वायुको गुणस्तरमा सुधार आएको भन्दै खुशी व्यक्त गरेका छन्। ‘पहिलाभन्दा त धेरै सुधार भएको छ। धेरै राम्रो भएको छ तर अहिले पनि धुँवा त देखिएको छ। यसमा अझै पनि सुधार आवश्यक छ,’ उनले बताए। केन्द्रीय प्रदूषण नियन्त्रण विभाग (सिपिसिबी)का अनुसार बिहान ९ बजेतिर नयाँदिल्लीको आनन्द विहारमा वायुको गुणस्तर मापन गर्दा सूचकाङ्क एक सय ७० देखिएको थियो।

त्यसैगरी, अया नगरको ११९, जवाहरलाल नेहरु रंगशालाको एक सय १८ र मेजर ध्यानचन्द राष्ट्रिय रंगशालामा एक सय २६ मापन गरिएको अधिकारीहरुले जनाएका छन्।   यसअघि केही सातासम्म दिल्लीको वायुको गुणस्तर अत्यन्त नराम्रो भएको भन्दै चिन्ता व्यक्त गरिएको थियो भने विद्यालयहरु पनि बन्द गरिएका थिए। त्यस्तै सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको थियो।

प्रकाशित: १३ मंसिर २०७६ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App