coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ट्रायथलन लागि प्लास्टिकको पुल

ट्रायथोलनको लागि पौडीको प्रारम्भस्थल तालमाथि राखिएको प्लास्टिकको पुल (प्यान्थन)। तस्बिर उमेश पुन/नागरिक

पोखरा - तालको बीचमा प्लास्टिकको पुल (प्यान्थन) बनाइनेछ। यो पुल सर्वसाधारणका लागि भने होइन। यसको प्रयोग केवल खेलाडीले मात्रै गर्नेछन्। तालकै बीचमा राखिने पुलबाट ट्रायथोलनका खेलाडीले पौडीको प्रतिस्पर्धा सुरु गर्नेछन्। पौडीतर्फ  ७ सय ५० मिटर दूरी तय गरेर उनीहरूले सडकमा राखिएको साइकल दौडाउन थाल्नेछन्। साइक्लिङका लागि साइकल र जुत्ता तयारी अवस्थामा राखिन्छ। २० किलोमिटर साइक्लिङ गरेपछि खेलाडीले ५ किलोमिटर दौड पूरा गर्दै ट्रायथलनको प्रतिस्पर्धालाई टुंग्याउनेछन्।

सधैँ तालको किनारबाट पौडिएर निश्चित दूरी तय गर्नुपर्ने अवस्था थियो। दौडिँदा पानी धमिलो हुने जोखिम उत्तिकै  छ। त्यसलाई ध्यानमा राख्दै सागमा पहिलो पटक प्यान्थन प्रयोग गरेर प्रारम्भस्थल बनाइँदै छ। तालमाथि प्यान्थन प्रयोग गरी प्रारम्भस्थलबाट खेलाडीले पौडी सुरु गर्ने कास्की जिल्ला ट्रायथलन संघका अध्यक्ष सुमन देवकोटाले बताए। गत वैशाखमा समेत पोखराकै फेवातालमा एसियन ट्रायथलन च्याम्पियनसिप आयोजना गरिएको थियो। यसबाट पोखराको एडभेन्चर स्पोर्ट्स प्रवद्र्धन हुने विश्वास उनले व्यक्त गरे। ट्रायथलन खेलमार्फत पोखराको स्पोर्ट्स टुरिजममा नयाँ आयाम थपिने विश्वास संघले लिएको छ।

सधैँ तालको किनारबाट पौडिएर निश्चित दूरी तय गर्नुपर्ने अवस्था थियो। दौडिँदा पानी धमिलो हुने जोखिम उत्तिकै  छ। त्यसलाई ध्यानमा राख्दै सागमा पहिलो पटक प्यान्थन प्रयोग गरेर प्रारम्भस्थल बनाइँदै छ।

ट्रायथलनका लागि नेपालसहित भारत र श्रीलंकका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। महिला र पुरुष दुवै इभेन्टमा प्रतिस्पर्धा हुन्छ। स्वर्ण पदकका लागि नेपालबाट ५ पुरुष र ५ महिला खेलाडी उत्रनेछन्। पुरुषतर्फ लक्ष्मण मल्ल, दीपेश चौधरी, हिमाल टमटा, वसन्त थारू, नीतेश मानन्धर छन्। महिलातर्फ सोनी गुरुङ, निर्जला ताम्राकार, केशरी थापामगर, इन्द्रकला नेम्वाङ र हुमी बुढा मगरले प्रतिस्पर्धा गर्ने निश्चित छ। दोस्रो दिन दुवाथलनको प्रतिस्पर्धा हुनेछ।

ट्रायथलनमा दुई भारतीय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। भारतीय पुरुष खेलाडीमा आदर्श सिनिमोल नायर मुरलीधरन र विश्वर्जित साइखाम छन्। दुवाथोलनमा विश्वनाथ यादब र सुशील इलेङ्बम सिंह छन्। यसै गरी महिलातर्फ प्रज्ञा मोहन र सोर्जिनीदेवी थोडाम, लिन्थोइन्गाम्बी चानु मायङगामले ट्रायथोलनमा प्रतिस्पर्धा गर्नेछन् भने दुवाथोलनमा नरेश रिद्दी कदामले प्रतिस्पर्धा गर्ने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता गण्डकी प्रदेश प्राविधिक समितिले जनाएको छ। यसै गरी श्रीलंकन टोलीका ८ खेलाडीले ट्रायथोलन र दुवाथोलनमा महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
वसुन्धरा पार्कको बीच साइडबाट पौडी सुरु हुन्छ। ७ सय ५० मिटर पौडिएपछि २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर रनिङ गर्दै प्रतिस्पर्धीले खेल टुंग्याउनेछन्। हिमागृहबाट सुरु हुने साइक्लिङका लागि सहिदचोक–मुस्ताङचोक–विरौटाचोक–ड्यामसाइड हुँदै पुन हिमागृहसम्म आइपुग्नेछ। रनिङका लागि खेलाडी मुस्ताङचोक पुगेर फर्किनेछन्। दुवाथोलनमा समेत प्रतिस्पर्धा हुनेछ।

गत वैशाखमा आयोजित साउथ एसियन ट्रायथलन तथा प्रथम एसियन ट्रायथलन च्याम्पियसिपमा ती खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सातौं दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपतर्फको उपाधि भने नेपाली खेलाडी वसन्त थारूले जिते। भारतीय खेलाडीको वर्चस्वलाई तोड्दै उनले एक घण्टा ०३ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।

प्रकाशित: १३ मंसिर २०७६ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App