६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

फाइल फाेटाे

काठमाडौं– अस्पताल पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन्। बिहिबार साँझ ७ः ४० बजे राष्ट्रपति भण्डारी मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री ओलीलाई भेटेकी हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग भेटेर स्वास्थ्य लाभको कामना गरेकी थिइन्। थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएकोमा खुशी व्यक्त गरिन्। भण्डारीले ओलीसँग केहिबेर कुरा गरेकी थिइन्। त्यसपछि ओलीको उपचारमा संलग्न चिकित्सकसँग सोधपुछ गरिन्।

राष्ट्रपति भण्डारी अस्पताल पुगेर ओलीलाई भेट्ने पहिलो हुन्। यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न गए पनि चिकित्सकसँग स्वास्थ्य अवस्था बुझेर फर्किएका थिए।

प्रकाशित: १२ मंसिर २०७६ १५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App