खतरनाक मौन अवधि

बिहिबार, १२ मङि्सर २०७६, २० : ०२ रोहित राई

धरान– मंसिर १४ गते हुने उपनिर्वाचनको मौन अवधि बुधबार मध्यरातिबाट शुरु भइसकेको छ। धरानको मेयर र वडा नं ७ को वडाअध्यक्षमा उम्मेदवारी दिएका दल, स्वतन्त्र उम्मेदवारहरुले झण्डै एक महिना लामो प्रचारप्रसार तथा घरदैलो कार्यक्रम रोकेका छन्।

कुनै चुनावी गतिविधि गर्न नपाइने मौन अवधिमा राजनीतिक दल र उम्मेदवार ढुक्क भएर बस्ने अवस्था भने छैन्। चुनावी प्रचार गर्न नपाइने यही मौन अवधि राजनीतिक दलहरुको लागि सबैभन्दा खतरनाक समय हुन्छ। त्यसैले उनीहरु मौन अवधिमा अझ बढी सक्रिय हुने गरेका छन्।

विगतका चुनावको अनुभवले पनि दलहरुले मौन अवधि कति महत्वपुर्ण समय हो भन्ने बुझेका छन्। महिना दिन लामो चुनावी अभियानको परिणामलाई यही मौन अवधिमा हुने चलखेलले उल्टाइदिन सक्छ। तसर्थ, मौन अवधिमा प्रतिस्पर्धी दलहरु एकले अर्काको गतिविधिलाई सुक्ष्म ढंगले निगरानी गरिरहेका हुन्छन् भने मतदाताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयासमा पनि हुन्छन्।

महेन्द्र बहुमुखी क्याम्पस धरानका राजनीतिकशास्त्रका सहप्राध्यपाक डा.अमृतकुमार श्रेष्ठ निर्वाचन आचारसंहिता विपरीत भए पनि ‘चलायमान मतदाता’ निर्णायक हुने भएकाले त्यस्ता मतदातालाई आफ्नो पक्षमा तान्न मौन अवधिमा नै बढी चलखेल हुने गरेको बताउँछन्। ‘दलहरुको पकेटको स्थिति भोटले निर्णय फेर्दैन, तर केही मतदाताले एक साताअघि र केहीले मतदानको दिन निर्णय लिने गरेको अध्ययनबाट देखिएको छ, ’डा.श्रेष्ठले नागरिक न्यूजसँग भने, ‘त्यस्ता मतलाई चलायनमान मत भनिन्छ, जता पनि बग्छ सक्छ, र त्यो नै निर्णायक हुन्छ। त्यसैले दलहरु त्यो मतलाई तान्न हरसम्भव प्रयास गर्छन्।’

डा. श्रेष्ठका अनुसार अमेरिका, बेलायत, फ्रान्समा गरिएको अध्ययनअनुसार ५० प्रतिशत मतदाताले एक महिना अघि नै कसलाई भोट दिने भनेर निर्णय लिएका हुन्छन्। केही मत चुनाव नजिक आएपछि अस्थिर हुन्छ, र एक साता अघि निर्णय गर्छन् भने केही मतदाताले भोट दिने दिनमा मात्र निर्णय लिन्छन्। ‘यही कुरालाई बुझेर होला कुनै गतिविधि गर्न नपाइने मौन अवधिमा दल र उम्मेदवारहरु विभिन्न रुप, स्वरुपमा मतदाता प्रभावित पार्न सक्रिय भइरहेको हुन्छ, ’उनले भने, ‘त्यसको लागि अनेक प्रलोभन, आश्वासन बाँडिरहेका पनि हुन्छन्, तर यो आचारसंहिता विपरित हो।’

नेपाली कांग्रेसका जिल्ला सचिव तथा प्रवक्ता एवं उपनिर्वाचन परिचालन मुल समितिका सदस्य सचिव सुजेन्द्र तामाङ डा.श्रेष्ठसँग सहमत छन्। मौन अवधिमा नै मतदातालाई अनेक प्रलोभन र आश्वासन दिएर प्रभावित गर्ने काम हुने गरेको विगतका चुनावहरुबाट देखिएको उनले बताए। ‘जिन्सी, सरसामान र नगद दिएर पनि मतदाता प्रभावित पार्न दलहरु सक्रिय हुन्छन्। यसपटक त्यस्तो नहोस् भनेर कांग्रेसले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई बिशेष निगरानी गर्न आग्रह गरेका छौं,’उनले भने,‘हाम्रो पनि केन्द्र, जिल्ला र स्थानीयस्तरमा अनुगमन समिति छ, त्यसलाई मौन अवधिमा झनै सक्रिय बनाएका छौं, तरुण साथीहरुलाई निगरानीमा खटाएका छौं।’ अन्तिम समयमा आएर प्रलोभन र आश्वासनले मतदाताको मतलाई डाइभर्ट गर्ने र त्या कार्य निष्पक्ष निर्वाचनको लागि खतरनाक हुने उनले बताए।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव एवं उपनिर्वाचन परिचालन मुल समितिका संयोजक रमेश बस्नेत भने अहिले आफुहरु मतदान केन्द्रको प्राविधिक र कानुनी प्रक्रियामा व्यस्त रहेको बताए। मौन अवधिमा अनावश्यक भ्रम र हल्ला फैलाउने, प्रलोभन देखाउने कामहरुलाई मतदाताहरु आफैले पनि चिर्न आवश्यक हुने उनले बताए। ‘मौन अवधिमा मतलाई फेरबदल गराउने, अनावश्यक हल्ला र भ्रम फैलाउने काम हुनसक्छन्, आश्वासनको खेती गर्न सक्छ, त्यसप्रति सबै र मतदाताहरु पनि सचेत हुन आवश्यक छ,’ बस्नेतले भने,‘हामी मतदानको प्राविधिक र व्यवस्थापकीय तयारीमा जुटेका छौं, र आफ्नो मतदातालाई प्रलोभन दिनेहरुबाट कसरी सुरक्षित राख्ने भनेर जुटेका छौं।’








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad